अवैध लागूऔषध सेवन गरि सार्वजनिक सवारीसाधन चलाउने ६ जना चालकलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका -४ नौडाँडा लगायत सिद्वार्थ राजमार्गका विभिन्न स्थानमा चेकजाँच गरेको थियो ।
सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले सोमबार चेकिङ गर्ने क्रममा लापसे गरि सवारीसाधन चलाउने ६ चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
विभिन्न स्थानमा लागू पदार्थ दुरुपयोग परिक्षण कीट – ड्रग टेस्ट कीटद्वारा लापसे गरे/नगरेको चेकजाँचका क्रममा १८ जना सवारीसाधन चालकहरु मध्ये ६ जना चालकहरुले लापसे गाँजा सेवन गरि सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.-०३ बस्ने ३८ वर्षीय सार्वजनिक बस चालक किरण बहादुर हमाल, कालीगण्डकी गाउँपालिका वडा नं. -०६ बस्ने ३५ वर्षीय टिप्पर चालक गुमन बहादुर दर्लामी, पुतलीबजार नगरपालिका वडा नं. -०३ बस्ने २७ वर्षीय सार्वजनिक अटो चालक अमन अली मिया, पुतलीबजार नगरपालिका वडा नं. -०७ बस्ने २९ वर्षीय सार्वजनिक अटो चालक दिलिप सिंह ठकुरी, पुतलीबजार नगरपालिका वडा नं. -०१ बस्ने ४२ वर्षीय सार्वजनिक ट्याक्सी चालक राम श्रेष्ठ र पुतलीबजार नगरपालिका वडा नं. -०७ बस्ने ३८ वर्षीय सार्वजनिक जिप चालक मंगल बहादुर दर्जी रहेको डिएसपी रानाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट लापसे गरि सवारीसाधन चलाउने चालकहरुलाई `सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा´ मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको डिएसपी रानाले बताए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्