अवैध लागूऔषध सेवन गरि सार्वजनिक सवारीसाधन चलाउने ६ जना चालकलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका -४ नौडाँडा लगायत सिद्वार्थ राजमार्गका विभिन्न स्थानमा चेकजाँच गरेको थियो ।
सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले सोमबार चेकिङ गर्ने क्रममा लापसे गरि सवारीसाधन चलाउने ६ चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
विभिन्न स्थानमा लागू पदार्थ दुरुपयोग परिक्षण कीट – ड्रग टेस्ट कीटद्वारा लापसे गरे/नगरेको चेकजाँचका क्रममा १८ जना सवारीसाधन चालकहरु मध्ये ६ जना चालकहरुले लापसे गाँजा सेवन गरि सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.-०३ बस्ने ३८ वर्षीय सार्वजनिक बस चालक किरण बहादुर हमाल, कालीगण्डकी गाउँपालिका वडा नं. -०६ बस्ने ३५ वर्षीय टिप्पर चालक गुमन बहादुर दर्लामी, पुतलीबजार नगरपालिका वडा नं. -०३ बस्ने २७ वर्षीय सार्वजनिक अटो चालक अमन अली मिया, पुतलीबजार नगरपालिका वडा नं. -०७ बस्ने २९ वर्षीय सार्वजनिक अटो चालक दिलिप सिंह ठकुरी, पुतलीबजार नगरपालिका वडा नं. -०१ बस्ने ४२ वर्षीय सार्वजनिक ट्याक्सी चालक राम श्रेष्ठ र पुतलीबजार नगरपालिका वडा नं. -०७ बस्ने ३८ वर्षीय सार्वजनिक जिप चालक मंगल बहादुर दर्जी रहेको डिएसपी रानाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट लापसे गरि सवारीसाधन चलाउने चालकहरुलाई `सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा´ मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको डिएसपी रानाले बताए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो