गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारीपीडितले विरोधमा कालो झण्डा र ब्यानर देखाएका छन्। पोखरा सभागृहमा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न जानेक्रममा उनलाई कालो झण्डा र ब्यानर देखाइएको हो।
कार्यक्रममा विरोध जनाउँदा प्रहरीले कुटपिट र धरपकड गरेको छ। प्रहरीले बल प्रयोग गर्दा केही घाइते भएका छन् । प्रचण्ड कार्यकर्ता प्रशिक्षणमा जाँदै गर्दा पोखरा सभागृह अगाडि सहकारी पीडितले विरोध प्रदर्शन गर्न खोजेका थिए।
प्रदर्शनकारीमध्ये १२ जनालाई प्रहरीले नियन्त्रण लिएको सहकारीपीडित संयुक्त संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए। तीमध्ये पोखरा सराङकोटका ७८ वर्षीय भीमप्रसाद चपाईँ र पोखरा लेकसाइडकी ३० वर्षीया अनुराधा श्रेष्ठ घाइते छन्।
‘सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दैगर्दा उनीहरू सभागृह हलको मूलगेटबाटै पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की लगिएको छ।
प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौ सभामा भाग लिन अघिल्लो दिन नै पोखरा आएका थिए। त्यसपछि उनी प्रशिक्षणलाई सम्बोधन गरेर पोखरा सभागृह पुगेका हुन्।
केन्द्रमातहत १, गण्डकी प्रदेशमातहत ३ र पोखरा महानगरमातहत ३ सहकारी गरी ७ सहकारीका करिब ४० हजार बचतकर्ताको झण्डै ७ अर्ब रुपैयाँ अपचलन भएको छ। शिव शिखर, मित्रमिलन, विन्दवासिनी, प्राइम, सूर्यदर्शन, इमेज र बलिदानी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना पारेका हुन्।
संघर्ष समिति संयोजक श्रेष्ठले राज्यसँगै प्रहरी प्रशासनसमेत पीडितको विपक्षमा उभिएको आरोप लगाए। सहकारी पीडितलाई राहत मिल्ने कार्यक्रम सरकारले नल्याएको गुनासो गर्दै माग नसुनेसम्म आन्दोलन चर्काउने उनले चेतावनी दिए।
यसैबीच, सूर्यदर्शन बचत पीडित संघर्ष समिति तथा सहकारी बचतपीडित संघर्ष संघले एक विज्ञप्ति जारी गरी प्रहरी दमनको निन्दा गरेको छ। प्रहरी दमनबाट घाइतेको तुरुन्त उपचार गर्नुपर्ने, पक्राउ गरेका सबै पीडित बचतकर्तालाई तुरुन्त तत्काल रिहा गर्र्नुपर्ने माग गर्दै संघर्ष समितिले आफ्नो माग पूरा नभए आमरण अनसनमा बस्ने चेतावनी दिएको छ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो