गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले आफू पूर्वमाओवादी घटकहरू एक हुनुपर्ने पक्षमै रहेको बताएका छन्।
बुधबार गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले आफू हिजो जस्तै सबैसँग मिलेर पार्टी एक ढिक्का बनाएर जान तयार भएको बताएका हुन्। दाहालले आज पनि आफू जनक्रान्तिकै बाटोमा रहेकोसमेत बताए।
‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ। हामी स्वागत गर्न तयार भएर बसेका छौं,’ उनले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु। हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनु भयो। त्यो बाटो सही सावित भएन, हामी सही छौँ।’
१२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको निर्माण सुरू गर्ने र यस परियोजनाले देशकै ऊर्जा क्षेत्रमा दीर्घकालीन फाइदा हुने उल्लेख गर्दै उनले ४२ मेगावाटको मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरू गर्ने पनि बताए।
भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मुग्लिङ–पोखरा सडकखण्ड बिस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्ड डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको बताए।
पोखरामा एकीकृत सहरी पूर्वाधार विकास, नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणलाई प्राथमिकता, गोरखकाली रबर उद्योग लगायत उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने कार्यक्रम यस क्षेत्रका लागि थप महत्वपूर्ण हुने जनाए।
उनले पोखरामा मेडिकल कलेज स्थापना गर्ने, पोखरा प्रादेशिक अस्पतालको क्षमता ५ सय शैयामा बिस्तार गरिने, मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माणमा तीव्रता दिने र गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखाबजार, मनकामना, बेनीघाटसम्म पड–वे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाउने तयारीसहित बजेट व्यवस्था गरिएको बताए।
सरकार सहकारी पीडितहरुको पक्षमा छः प्रधानमन्त्री प्रचण्ड
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सहकारी पीडितहरुको पक्षमा रहेको बताए । उनले कालो झण्डा देखाएर सहकारी पीडितहरुले ठूलो गल्ती गरेको पनि बताए ।
वर्तमान सरकारले सहकारी पीडितहरुको पाँच लाखसम्म्को बचत फिर्ता गर्ने पनि उनले बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो