जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ्ले जेष्ठ नागरिकलाई प्राथमिकतामा राखी राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणसङ्ग राष्ट्रिय परिचयपत्रलाई आवद्ध गरिएपछी प्रशासन कार्यालयमा बढ्न गएको चापले सेवा लिन कठिनाई उत्पन्न भएपछि राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरण कार्यलाई छिटोछरितो र प्रभावकारी बनाउनका लागि हप्ताका विभिन्न बारहरुमा प्रत्येक पालिकाका जेष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
उक्त सेवा अन्तर्गत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आइतबार आँधीखोला गाउँपालिका, सोमबार फेदिखोला गाउँपालिका, मंगलबार पुतलीबजार नगरपालिका, बुधबार अर्जुनचौपारी गाउँपालिका, बिहिवार हरिनास गाउँपालिका र शुक्रबार बिरुवा गाउँपालिकाका जेष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिने सहायक प्रजिअ पौडेल बताए ।
यस्तै, इलाका प्रशासन कार्यालय वालिङ्मा आइतबार वालिङ् नगरपालिका, सोमबार भीरकोट नगरपालिका, मंगलबार गल्याङ नगरपालिका, बुधबार चापाकोट नगरपालिका, बिहीवार कालीगण्डकी गाउँपालिका र शुक्रबार वालिङ् नगरपालिकाका जेष्ठ नागरिकालाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिने सहायक प्रजिअ पौडेलले जानकारी दिए ।
सहायक प्रजिअ पौडेलले जेष्ठ नागरिकको हकमा सोही अनुसारको आवश्यक सूचना प्रवाह गरि सहयोग गरिदिन जिल्ला स्थित सबै स्थानीय तहलाई अनुरोध गरेको बताए ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प