जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ्ले जेष्ठ नागरिकलाई प्राथमिकतामा राखी राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणसङ्ग राष्ट्रिय परिचयपत्रलाई आवद्ध गरिएपछी प्रशासन कार्यालयमा बढ्न गएको चापले सेवा लिन कठिनाई उत्पन्न भएपछि राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरण कार्यलाई छिटोछरितो र प्रभावकारी बनाउनका लागि हप्ताका विभिन्न बारहरुमा प्रत्येक पालिकाका जेष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
उक्त सेवा अन्तर्गत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आइतबार आँधीखोला गाउँपालिका, सोमबार फेदिखोला गाउँपालिका, मंगलबार पुतलीबजार नगरपालिका, बुधबार अर्जुनचौपारी गाउँपालिका, बिहिवार हरिनास गाउँपालिका र शुक्रबार बिरुवा गाउँपालिकाका जेष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिने सहायक प्रजिअ पौडेल बताए ।
यस्तै, इलाका प्रशासन कार्यालय वालिङ्मा आइतबार वालिङ् नगरपालिका, सोमबार भीरकोट नगरपालिका, मंगलबार गल्याङ नगरपालिका, बुधबार चापाकोट नगरपालिका, बिहीवार कालीगण्डकी गाउँपालिका र शुक्रबार वालिङ् नगरपालिकाका जेष्ठ नागरिकालाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिने सहायक प्रजिअ पौडेलले जानकारी दिए ।
सहायक प्रजिअ पौडेलले जेष्ठ नागरिकको हकमा सोही अनुसारको आवश्यक सूचना प्रवाह गरि सहयोग गरिदिन जिल्ला स्थित सबै स्थानीय तहलाई अनुरोध गरेको बताए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ