स्याङ्जाको पुतलीबजार नगरपालिका -१४ लामागे स्थित मोटरेवल पुलको जिपमा राख्न लागिएको क्रसर उद्योग नराख्न उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई विपक्षी बनाई उच्च अदालत पोखराका न्यायाधीश धनसिंह महराको इजलासले उक्त क्रसर उद्योग स्थापना सम्बन्धी कार्य नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको हो ।
कार्यपालिकाको बैठकमार्फत पुतलीबजार नगरपालिकाले लामा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंलाई आँधीखोला बगरबाट मेसिन/उपकरण प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन तथा संकलनका लागि अनुमती दिने निर्णय गरेको थियो ।
मापदण्ड विपरीत मोटरेवल पुलको जिपमा डम्पिङ गरि क्रसर उद्योग संचालनका लागि तयारी भएसङ्गै स्थानीयले बिरोध जनाउँदै आएका थिए । क्रसर उद्योग संचालनको मापदण्डभित्र विद्यालय, बस्तीसमेत रहेको बताउँदै स्थानीय अग्नि प्रसाद भण्डारीले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।
उच्च अदालत पोखराले पुतलीबजारका नगरप्रमुख रेग्मीलाई विपक्षी राखी जारी गरेको परमादेशमा १५ दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न उल्लेख गरिएको छ । सोही पत्रमा आगामी असार ३ गते अन्तरिम आदेशको छलफल समेत हुने भनिएको छ ।
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत विश्व बैंकको लगानी तथा नेपाल सरकारको अनुदान भएको सडक निर्माणमा स्थानीय सरकारले निर्माण सामाग्री उपलब्ध गराउनुपर्ने भएकाले समय अभावका कारण आयोजनाको लागि नदीजन्य पदार्थ उत्खननका लागि मेसिन/उपकरणहरु प्रयोग गर्न अनुमति दिएको पुतलीबजार नगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो