स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछी स्याङ्जालाई प्रदेशकै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले स्याङ्जालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको घोषणा गरेका हुन् ।
चापाकोट नगरपालिकाले सुरु गरेको पुर्ण खोप सुनिश्चितता घोषणा पश्चात् फेदिखोला गाउँपालिकाले अन्त्यमा घोषणा गरेसङ्गै पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणाका लागि बाटो खुल्ला भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ११ वटा स्थानीय तह रहेको स्याङ्जाका जन्मेदेखी १५ महिनासम्मका ३ हजार ४ सय ५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका १० हजार ६ सय ३१ जना सबै बालबालिकाले पूर्ण खोप लगाएसङ्गै म्याग्दी पछि प्रदेशकै दोस्रो जिल्लाको रुपमा खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सोमबार जिल्ला समन्वय समितिको सभाहलमा `स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता´ भन्ने मूल नारासहित जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र स्याङ्जाले प्राप्त गरेसङ्गै जिल्लामा कुनै पनि अवस्था र परिस्थितिमा कुनैपनी बालबालिकालाई कुनैपनि खोप लिनबाट बन्चित नरहेको मान्न सकिने जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटिले बताए ।
स्याङ्जास्थित पुतलीबजार नगरपालिकाका १८२२ जना, वालिङ् नगरपालिकाका २१५४ जना, चापाकोट नगरपालिकाका १०९१ जना, भीरकोट नगरपालिकाका ९३० जना, गल्याङ नगरपालिकाका १२२३ जना, फेदिखोला गाउँपालिकाका ४२५ जना, आँधीखोला गाउँपालिकाका ५७५ जना, अर्जुनचौपारी गाउँपालिकाका ६०९ जना, हरिनास गाउँपालिकाका ४९६ जना, बिरुवा गाउँपालिकाका ५०० जना र कालीगण्डकी गाउँपालिकाका ८०६ जना बालबालिकाले पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।
स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बालबालिकाले विसीजी, रोटा, पीसीभी, डिपिटि, हेप-बी, एफआईपीभी, पोलियो, दादुरा, रुवेला, जापनीज, जेई लगायत १३ प्रकारका खोपको पूर्ण मात्रा पाएको बताए । त्यस्तै, खोप कार्ड नभएर खोप लाउन छुटेका १६ जना बालबालिकालाई समेत लगाइने प्रमुख चापागाईंले जानकारी दिए ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा पुर्व जिल्लाका सबै स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रतिनिधिहरु, स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरु, जिल्लाका प्रशासनिक क्षेत्रका व्यक्तिहरु सहितको र्यालीले बजार परिक्रमा गरि जिल्ला समन्वयको सभाहलमा पुगेर मूल कार्यक्रम भएको थियो ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषणा गर्न अतुलनीय भूमिका निर्वाह गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान पत्रले, स्वास्थ्य संस्थाहरुलाई प्रशंसा पत्रले र स्थानीय तह पालिकाहरुलाई गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा लगायतद्वारा कदरपत्रले सम्मान गरिएको थियो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटिको अध्यक्षता सम्पन्न स्याङ्जा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले स्वागत मन्तव्य, जिसस स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा, गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई, कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम बहादुर थापा, स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी, स्वास्थ्य कार्यकर्ता बबिता गौतम अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने संचालन स्वास्थ्यकर्मी मित्र प्रसाद अर्यालले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती