पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन्।
अहिले दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेश सभा सदस्यको साथ चाहिन्छ।
६० सदस्ययीय प्रदेश सभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुख बाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्।
मुख्यमन्त्री पाण्डेले विपक्षी एमाले र माओवादी सहित सबै दल र स्वतन्त्र सांसदसँग विश्वासको मत मागेका छन् । विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, माओवादी नेता हरिबहादुर चुमान, राप्रपा नेता पन्चराम गुरुङ, नेसपाका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र पठाएर विश्वासको मत मागेका हुन् ।
पाण्डेले विश्वासको मत नपाए गण्डकीमा उपधारा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बन्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने दाउमा छन् । पाण्डेले उपधारा (३) को सरकार ढले पनि (५) मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना बनाएका छन् ।
दलका सांसदहरूलाई यो उपधारा अनुसार दलको ह्वीप लाग्दैन । त्यसैले आफ्नो पक्षमा बहुमत पुग्ने सत्तापक्षको दाबी छ । विपक्षीहरू पनि उपधारा (५) मै आफूले मुख्यमन्त्री दाबी गर्ने र प्रदेश प्रमुख अनुकूल भएका कारण मुख्यमन्त्री नियुक्त हुने योजनामा छन् । दुवै पक्ष उपधारा (५) अनुसार विश्वासको मत नपाए पनि कम्तीमा चुनावी सरकारको नेतृत्व गर्ने दाउमा छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु