पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभामा प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुँदैछ ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले पहिलो चरणमा दिपक मनाङेलाई मन्त्री बनाउने भएका हुन् । मुख्यमन्त्री पाण्डेले आफूलाई साथ दिएर मत दिने सबैलाई मन्त्री पद दिन लागेका हुन् ।
यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङेले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसभन्दा अघि मनाङेलाई भौतिक तथा पूर्वाधार मन्त्री बनाउने पाण्डे नै थिए ।
हरेक सरकारलाई बहुमत पुर्याउन निर्णायक रहँदा मनाङे ५ पटक मन्त्री भइसकेका छन् । अब छैटौं पटक मन्त्री बनेर आफ्नै रेकर्ड तोड्दैछन् ।
पाण्डेलाई विश्वासको मत दिन नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका सांसद हुन् । उनलाई पनि सरकारमा ल्याउने पाण्डेले तयारी गरेका छन् । तर, माओवादीबाट हुने कारबाही र त्यसपछि कानुनी झमेलामा पर्ने कारण फणिन्द्रलाई अफ्ठेरो पारिरहेको छ। उनी पनि मन्त्री बन्ने पक्का छ ।
त्यसैगरी, यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर राप्रपाले भने तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ । पञ्चराम एमालेप्रति लचिलो नेता भएपनि केन्द्रीय निर्णयका कारण काँग्रेस पक्षमा पुगेका छन् ।
मन्त्री पदका लागि मत दिएको भन्ने आरोपबाट बच्न दुवै जना तात्तातै मन्त्री बन्न नखोजेका हुन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु