गण्डकी प्रदेशमा स्वतन्त्र सांसद राजीव गुरूङसँगै फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणिन्द्र देवकोटा पनि नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यसअघि पाण्डेले नै अघिल्लो कार्यकालमा मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएका थिए । र, सोही मन्त्रालयमा खगराज अधिकारीले पनि निरन्तरता दिएका थिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् । फणिन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन्
उनीहरूको शपथ आजै बिहान साढे ११ बजे पोखरा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको हलमा गर्ने तयारी छ ।
मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।
मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन