नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हकका सवालमा गण्डकी प्रदेश सरकार गम्भीर रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
“साक्षर गण्डकी प्रदेश” घोषणा भई प्रदेशभित्र साक्षरता दर ९६ दशमलव ५७ प्रतिशत, विद्युतको पहुँचमा ५० प्रतिशत घरधुरी पुगेको र विद्युत् सुविधा पुग्न बाँकी परिवारलाई केन्द्रित गरी विद्युत विस्तार कार्य भइरहेको पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
यसैगरी ‘एक घर-एक धारा‘ कार्यक्रमअन्तर्गत हालसम्म चार सय ४२ वटा आयोजनाबाट एक लाख ३७ हजार निजी धारा जडान गरिएकोमा हालसम्म ९७दशमलव२४ प्रतिशत जनसङ्ख्याले आधारभूत स्तरको खानेपानी सुविधा प्राप्त गरेका छन् ।
निजी र सहकारी क्षेत्रसँगको साझेदारी तथा समन्वय गर्ने सम्बन्धमा नीतिगत सुधार गरिने, गण्डकी प्रदेशभित्र “इन्भेस्ट गण्डकी कार्यक्रम” सञ्चालन गरी निजी एवं सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन हुने परियोजनाको विकास, लगानी प्रवर्द्धन र सहजीकरण गरिने भएको छ ।
यस्तै, गिग अर्थतन्त्रको सम्भावनालाई आत्मसात् गर्दै यसका संवाहकका रुपमा रहेका राइड शेयरिङ सेवा, कम्प्युटर प्रोग्रामिङ, सफ्टवेयर निर्माण लगायतका सेवालाई वैधानिक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
लगानीमैत्री वातावरणका लागि लगानीकर्तालाई सरलीकृत रुपमा सेवा र सूचना प्रदान गर्न प्रदेश एकल बिन्दु सेवा केन्द्रको विकास गरिन, सम्भाव्य परियोजना पहिचान गरी वैदेशिक लगानी आकर्षण गर्न नेपाल सरकारसँग समन्वय गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छः
सम्बन्धित खबर
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन