गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला मन्त्र डा. टकराज गुरुङले शनिबार गण्डकी प्रदेश सभामा बजेट प्रस्तुत गरे । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।
आउँदो आवको बजेट चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात् ३९.९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् ५९.१९ प्रतिशत विनियोजन भएको छ ।
आगामी आवको लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान छ ।
प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान छ । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि २ अर्ब ९४ करोड नगद मौज्दात बचत हुने अनुमान छ । यसरी न्यून हुने रकममध्ये १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने बताइएको छ ।
बजेटका प्राथमिकता
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. गुरुङले बजेटको उद्देश्यमा गुणस्तरीय पूर्वाधार तथा उत्पादन अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि गर्नु, मानव पुँजी निर्माण विकासको लक्ष्यको समन्वायिक वितरण स्थापित गर्नु, सामाजिक न्याय र समन्यायिक हासिल गर्नु, गुणस्तरीय सार्वजनिक सेवामार्फत सुशासन अभिवृद्धि गर्नु रहेको बताए ।
यस्तै, बजेटका प्राथमिकतामा दिगो र उत्थानशील पूर्वाधार निर्माण, आय उत्पादन र रोजगारीमा वृद्धि, सामाजिक विकास र समतामूलक समाजको स्थापना, सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा, सन्तुलित क्षेत्रगत विकास र सुशासन प्रवद्र्धन, गुणस्तरीय सेवाप्रवाह लगायत छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा अल–न्यू JAECOO J6T को भव्य आगमन: WADA अटो शोमा सार्वजनिक
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त
दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग
वाडा अटो शोमा बराल ग्रुपद्वारा आकर्षक अफरका साथ विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन प्रदर्शन
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’