पोखरा । नेकपा (एमाले) बुद्धिजीवी विशेष इलाका कमिटी कास्कीको दोस्रो अधिवेशन भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा ३१ सदस्यीय कमिटी निर्माण गरेको छ ।
पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अधिवेशन उद्घाटन गर्दै नेता तथा कार्यकर्तालाई विचारले प्रशिक्षित, एकीकृत र सुदृढ पार्टी बनाउन पेशागत तथा बुद्धिजीवीहरुको भूमिका हुने बताए । उनले जिल्ला तथा पालिका तहमा पार्टीको सर्वोच्च निकायका रुपमा रहेको अधिवेशनपछि बनेको नेतृत्वलाई सबैले मान्नुपर्ने उल्लेख गरे ।
‘स्थानीय सरकार र गण्डकी प्रदेश सरकारको अभ्यास सुरुवात भएपछि गाइजात्रा सुरु भयो,’ उनले भने, ‘पार्टीमा असभ्यता र गलत परिपाटीको विकास भएको छ । गुटबन्दी र समानान्तर गतिविधि रोक्नु पर्छ ।’ उनले प्रचण्डलाई पार्टी बुझाउने गरी काम भएको आरोप लगाए । विषय विज्ञता र पेशागत क्षेत्रको दक्षताको आधारमा पार्टीको जिम्मेवारीमा आउनु राम्रो भएको उल्लेख गर्दै उनले पेशाकर्मीको ट्रेड युनियन अधिकारलाई कसैले कुष्ठित गर्न नहुने तर्क गरे ।
एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले राजनीतिक परिवर्तन अनुरुप मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक भएको जनाए । पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यले सचेत र शिक्षित व्यक्तिले राजनीति गर्नुपर्ने चर्चा गरे । उनले कार्यकर्तालाई विचारले प्रशिक्षित गर्न इलाका कमिटीको भूमिका रहने बताए ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव प्राडा कृष्णराज अधिकारीले विचारले प्रष्ट नभएको व्यक्ति पार्टीको सम्पत्ति बन्न नसक्ने तर्क गरे । आलोचनात्मक चेत भएको बुद्धिजीवीहरु पार्टीको एसमेन बन्न नहुने उल्लेख गर्दै उनले योग्य भन्दा इमान्दार व्यक्तिले सिक्ने राम्रो ढंगले काम गर्ने जानकारी दिए ।
पेशागत महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद खनालले हरेक राजनीतिक परिवर्तनमा पेशाकर्मी र बुद्धिजीवीको भूमिका रहेको दाबी गरे । जुनसुकै निरंकुश शासन व्यवस्थाले पेशाकर्मी बुद्धिजीवीको ट्रेड युनियन अधिकार खोस्न नसकेको उदाहरण पेश गर्दै उनले कोही कसैको दबाब प्रभावबाट विचलित नभएर पेशागत दायित्व पूरा गर्न सुझाव दिए ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)का केन्द्रीय उपाध्यक्ष हरिप्रसाद सुवेदीले बुद्धिजीवीले आफ्नो मात्र नभएर अरुको गल्तीबाट सिक्नुपर्ने बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो