स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित छयालीस चौरमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने भएको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा औद्योगिक पुर्वाधारका रुपमा प्रादेशिक औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको न्युनतम भौतिक पुर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा घोषणा भएका २९ वटा औद्योगिक ग्राममध्ये आगामी आर्थिक वर्षमा तीन वटा औद्योगिक ग्राम सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइएको बताए । जसमध्ये अर्जुनचौपारी गाउँपालिकाको औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि सम्झौता समेत भई न्युनतम भौतिक पुर्वाधार निर्माणको काम भइरहेको मन्त्री गुरुङले बताए ।
औद्योगिक ग्राम खोल्नका लागि तिनै तहका सरकारको लागत साझेदारीमा खोल्ने नीति रहेको छ । योजना कार्यन्वयनको जिम्मा स्थानीय तहलाई दिँदै संघ र प्रदेश सरकारबाट औद्योगिक ग्रामका लागि बजेट उपलब्ध गराइएको छ ।
`उत्पादन, उद्यमशीलता र उद्यम: गण्डकी सम्मुनतिको माध्यम´ भन्ने अभियानलाई प्रवर्द्धन गर्न उद्योग, कृषि, साथै महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सवलीकरण, सम्भावना बोकेका उद्यमहरुको स्तरोन्नतिका लागि रोजगार वृद्धिसम्बन्धी औद्योगिक ग्राम निर्माणको योजना अगाडि बढाई आर्थिक समृद्धिमा समेत ग्रामले टेवा पुर्याउने विश्वास लिइएको आर्थिक मामिला मन्त्री डा. गुरुङले बताए ।
औद्योगिक ग्राममा सञ्चालनमा ल्याइने उद्योगहरुद्वारा रोजगारी सृजना लगायतका कार्यक्रमका लागि एकीकृत रुपमा परीक्षण परियोजनाका ढंगले सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई थियो ।
गण्डकी प्रदेशमा स्याङ्जाको अर्जुनचौपारी, कालीगण्डकी गाउँपालिका, चापाकोट, वालिङ् नगरपालिका, तनहुँको भानु नगरपालिका, ऋषिङ, आँबुखैरनी गाउँपालिका, लमजुङको राइनास नगरपालिका, बाग्लुङको ताराखोला, मनाङको चामे गाउँपालिका लगायतका स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन