तनहुँ । फ्रेन्डसिप युवा क्लवको आयोजनामा तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर १ तल्लो गुणादीमा भएको प्रथम फ्रेन्डसिप कपको उपाधि लोकतान्त्रिक युवा क्लब चापाघाटले जितेको छ । आइतबार भएको फाइनल खेलमा हैरान्स युवा क्लब दमौली लाई २-१ गोल अन्तरले हराउदै लोकतान्त्रिक युवा क्लब चापाघाटले उपाधि हात पारेको हो । यस संगै लोकतान्त्रिक युवा क्लब चापाघाटले पहिलोपटक उपाधि जित्न सफल भएको हो ।

गत भाद्र १ गतेदेखि १० गते आइतबार सम्म सन्चालित फुटबल प्रतियोगिता हजारौं दर्शकको उपस्थिति माझ अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो । खेलमा सुरुवाती अग्रता भने हैरान्सले लिएको थियो तर उसले आफ्नो अग्रता कायम राख्न नसक्दा उपाधि विदेशी खेलाडी सहितको लोकतान्त्रिक क्लबले जित्न सफल भएको छ ।
प्रतियोगीताको विजेताले ७५ हजार र उपबिजेताले ३५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । खेलाडिहरु लाई म्याग्दे गाउँपालिकाकी प्रमुख माया राना, उपप्रमुख बालकृष्ण घिमिरे र शिव वाग्ले लगायतले पुरस्कार बितरण गरेका थिए । सो अवसरमा सहयोगीहरू लाई सम्मान गरिएको थियो ।
‘लागू पदार्थ जुवा तास मुक्त गराउने अभियान” भन्ने नारा सहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । फोटो : बि एण्ड बि मिडिया



सम्बन्धित समाचार :
तनहुँको गुणादीमा ७५ हजार राशिको प्रथम फ्रेन्डसिप कप फुटबल प्रतियोगिता सुरु
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला