तनहुँ । फ्रेन्डसिप युवा क्लवको आयोजनामा तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर १ तल्लो गुणादीमा भएको प्रथम फ्रेन्डसिप कपको उपाधि लोकतान्त्रिक युवा क्लब चापाघाटले जितेको छ । आइतबार भएको फाइनल खेलमा हैरान्स युवा क्लब दमौली लाई २-१ गोल अन्तरले हराउदै लोकतान्त्रिक युवा क्लब चापाघाटले उपाधि हात पारेको हो । यस संगै लोकतान्त्रिक युवा क्लब चापाघाटले पहिलोपटक उपाधि जित्न सफल भएको हो ।

गत भाद्र १ गतेदेखि १० गते आइतबार सम्म सन्चालित फुटबल प्रतियोगिता हजारौं दर्शकको उपस्थिति माझ अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो । खेलमा सुरुवाती अग्रता भने हैरान्सले लिएको थियो तर उसले आफ्नो अग्रता कायम राख्न नसक्दा उपाधि विदेशी खेलाडी सहितको लोकतान्त्रिक क्लबले जित्न सफल भएको छ ।
प्रतियोगीताको विजेताले ७५ हजार र उपबिजेताले ३५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । खेलाडिहरु लाई म्याग्दे गाउँपालिकाकी प्रमुख माया राना, उपप्रमुख बालकृष्ण घिमिरे र शिव वाग्ले लगायतले पुरस्कार बितरण गरेका थिए । सो अवसरमा सहयोगीहरू लाई सम्मान गरिएको थियो ।
‘लागू पदार्थ जुवा तास मुक्त गराउने अभियान” भन्ने नारा सहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । फोटो : बि एण्ड बि मिडिया



सम्बन्धित समाचार :
तनहुँको गुणादीमा ७५ हजार राशिको प्रथम फ्रेन्डसिप कप फुटबल प्रतियोगिता सुरु
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?