पोखराको सुमधुर फार्मेसीबाट नियन्त्रित औषधि बेच्ने र किन्नेहरु पक्राउ

पक्राउ

पोखराको सुमधुर फार्मेसीबाट नियन्त्रित औषधि बेच्ने र किन्नेहरु पक्राउ

pharmacy pak

पोखराको एक फार्मेसीबाट नियन्त्रित औषधि बेच्ने र किन्नेहरु पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम तथा सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ७ प्रगति टोल स्थित सुमधुर फार्मेसीबाट नियन्त्रित औषधी चिकित्सकको प्रेस्क्रिप्शन विना खुला रुपमा दुर्व्यसनीको लागी खरिदविक्री गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।

पोखरा ९ वस्ने वर्ष २२ का दिपेश गुरुङ र विपिन परियारको साथबाट ती औषधिहरु वरामद गरिएको र उक्त फार्मेसीमा खानतलासी गर्दा २१४ चक्की वरामद गरी उक्त लागू औषध विक्री गर्ने जिल्ला गोरखा सिरानचोक गाउँपालिका वडा नं. ४ घर भई हाल पोखरा वडा नं. १५ वस्ने वर्ष २२ की कुमारी कुमाललाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्वन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds