पोखरा । रुपा गाउँपालिकाले ४६ करोड ७६ लाख ८२ हजार विनियोजन गरेको छ ।
चालु खर्चका लागि ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउन ३७ लाख विनियोजन गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि ७७ लाख, स्थानीय वस्तुको बजारीकरणका लागि १५ लाख विनियोजन गरेको छ । गाउँपालिकाको कृषि विकास तथा पशु सेवा क्षेत्रको समष्टि विकासका लागि २ करोड ३२ लाख ६२ हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ २२ करोड २० लाख विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रको लागि ४ करोड ४२ लाख ३१ हजार विनियोजन गरेको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, जनजाति, बोटे, जलारी, सहिद, बेपत्ता परिवार, अपांग, मुस्लिम, कुमाललगायत जातजाति तथा वर्गको सशक्तीकरण तथा सुरक्षाका लागि लैंगिक समानता र सामाजिक समावेशीकरणतर्फ ६५ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा, उपाध्यक्षसँग महिला कार्यक्रम, मनोपरामर्श तथा सचेतना, आत्महत्या र लागुऔषध दुव्र्यसनी निरुत्साहनलगायत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाभित्र स्वच्छ खानेपानी तथा सरसफाइ, फोहरमैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन, वन तथा भूसंरक्षण कार्यक्रम, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार, होम स्टे प्रवद्र्धनसहित अन्य पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्र्धनका कार्यक्रम पनि प्राथमिकतामा राखिएको छ । सशर्त अनुदानको नमुना विद्यालयसहित पूर्वाधार क्षेत्रतर्फ १० करोड ८९ लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित भएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ