गण्डकी प्रदेश माओवादी संसदीय दलबाट कारबाहीमा परी पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको बहस सकिएको छ।
देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले आइतबार हेर्दाहेर्दैमा राखिएको बहस आज सकिएको हो ।
उनको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । सुनुवाइ सकिएसँगै यसबारे आजै फैसला आउनेछ ।
देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
देवकोटालाई माओवादी केन्द्रले आफ्नो संसदीय दलका सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् ।
बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । उनकै मतले पाण्डे सरकार जोगिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो