पोखरा । गण्डकी प्रदेशस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जा जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कास्कीलाई ४५ रनले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो ।
स्याङ्जाले दिएको १०६ रनको लक्ष्य पछ्याएको कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । कास्कीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अतिरिक्त रनको रुपमा १५ रन पायो । बलिङमा स्याङ्जाका आकृती तिवारी, सिमाना केसी र रन्जना साउदले दुईदुई विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । स्याङ्जाका कुशुम गोदारले ३१, सिमाना केसीले २४ र ज्योत्सनिका मरासिनीले १४ रन जोडिन् । बलिङमा कास्कीका पूणर्िमा गुरुङ र सुशिला दिम्दुङले दुईदुई विकेट लिए ।
विजेता बनेको स्याङ्जाले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको कास्कीले ५० हजारमा चित्त बुझायो । स्याङजाकी कुशुम गोदार सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट व्याटर घोषित भइन् । कास्कीकी चन्द्रमाया बराल उत्कृष्ट बलर बनिन् ।
विजेता र उपविजेतालाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा भएको प्रतियोगितामा ४ जिल्लाले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?