पोखरा। माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजामा यहाँको मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएकोमा मदरल्याण्डबाट १० विद्यार्थी छन् ।
४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन् ।
विद्यालयबाट १४६ जना परीक्षार्थीले भाग लिएकोमा ३.६० देखि ४ जिपिएसम्म ल्याउने १२८ जना र ३.२० देखि ३.६० सम्म ल्याउने १८ जना रहेका छन् ।
गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले ४ जिपिए ल्याएका थिए । त्यसबेला कास्कीबाट ३ जनाको मात्र ४ जिपिए आएको थियो ।
मदरल्याण्डका १० जना सँगै ४ जिपिए ल्याउने डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । एसओएस, बालोदय मावि, सैनिक आवासीय मावि, सिर्जना मावि, नेशनल इन्भेन्टिभ र शान्ति निकेतनबाट १/१ जना विद्यार्थीको ४ जिपिए आएको सम्बन्धित विद्यालयले जनाएका छन् । नेपालभरबाट १८६ जनाले ४ जीपीए ल्याएका छन् ।
एसइईमा नेपालभरबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । एसइई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु