पोखरा । सिर्जनाचोक स्थित सृजना सेकेण्डरी स्कूलका छात्र आयुष खड्काले ४ जिपिए प्राप्त गरेका छन् ।
स्कूलका अनुसार ८३ जना सहभागी भएकोमा सबै जना सबै विषयमा समुत्तीर्ण भएका छन्। ४ जिपिए ल्याउने खड्का सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
नेपालभरबाट १८६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्ष कास्कीबाट मात्र ३ जनाले ४ जिपिए ल्याएकोमा यसपालि बढेर २१ जना पुगेको छ ।
मदरल्याण्डका १० जना विद्यार्थीले ४ जिपिए ल्याए । यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । सृजनासँगै शान्ति निकेतन, न्याश्नल इन्भेन्टिभ, बालोदय मावि, एसओएस, सैनिक आवासीय मावि बाट १/१ जना विद्यार्थीको ४ जिपिए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
एसइईमा नेपालभरबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । एसइई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ