स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयका सुशान्त मरासिनीले माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएका छन् । उनी ४ जिपिए ल्याउने जिल्लाकै एक्लो विद्यार्थी रहेका छन् ।
बिहीबार सार्वजनिक माध्यमिक शिक्षा परिक्षा(एसईई) २०८० को नतिजामा उनले ४ जिपिए ल्याएका हुन् । ४ जिपिए ल्याउने मरासिनी सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार एसईई परिक्षामा १ सय ४२ जना सम्मीलित भएकोमा ३.६ देखि ४ जिपिएसम्म ल्याउने १९ जना रहेका छन् । सरकारी विद्यालयमा ४ जिपिए ल्याउनुमा विद्यालयको गौरव उच्च बनेको विद्यालयले जनाएको छ ।
स्याङ्जाबाट चार हजार ७२ जनाले एसईई दिएकोमा एक हजार ७ सय ७१ जना उत्तीर्ण र ननग्रेड प्राप्तमा दुई हजार ३ सय १ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका अधिकृत एवं सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार साधारणतर्फ उत्तीर्ण भएका एक हजार ७ सय २२ जनामध्ये ३.६ देखि ४ जिपिए प्राप्त गर्ने १७२ जना, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने ४४१ र ७१२ जनाले २.८ देखि ३.२ जिपिए प्राप्त गरि उत्तीर्ण भएका छन् । यसैगरी, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ३७७ जना र २० जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् भने दुई हजार १ सय ९२ जनाले ननग्रेड प्राप्त गरेका छन् ।
त्यस्तै, प्राविधिकतर्फ दुई जनाले ३.६ देखि ४ जिपिए, १७ जनाले ३.२ देखि ३.६ जिपिए, २४ जनाले २.८ देखि ३.२ जिपिए र ६ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ४९ जना उत्तीर्ण भएका छन् भने १०९ जनाले एनजी अर्थात् ननग्रेड प्राप्त गरेका छन् ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो