पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्कीले मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा विचार विमर्श कार्यक्रम गरेको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा अनेरास्ववियु कास्कीले शुक्रबार विचार विमर्श कार्यक्रम गरेको हो ।
साथै, अनेरास्ववियु क्याम्पस कमिटीद्वारा वृक्षारोपण कार्यक्रम समेत गरिएको अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

कार्यक्रममा उपमहासचिव ज्ञवालीले आज पनि मदन भण्डारीको विचार, सिद्धान्त मन र मष्तिश्कमा रहदै आएको बताए ।
‘आज पनि मदन भण्डारीको विचार, सिद्धान्त मान्दै आएको छौँ र भण्डारी साँच्चैको आज पनि हरेक व्यक्तिको मन, मस्तिष्कमा रहेका छन्,’ उनले भने ।
कार्यक्रममा एमाले जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी, उपाध्यक्ष भेषराज बराल, अन्नपूर्ण गाउँपालिका पूर्वअध्यक्ष विवेक देवकोटा, अनेरास्ववियु केन्द्रिय सचिव आशीर्वाद सुवेदी, अनेरास्ववियु केन्द्रिय लेखा आयोग सचिव अञ्जली लम्साल, केन्द्रिय सदस्यहरू बिष्णु पोखरेल, विनय पराजुली, गण्डकी प्रदेश कमिटि सहसचिव कृति भट्टराई र दुर्गानाथ लामिछाने, प्रदेश कमिटी सदस्य किशोर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन