नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जननेता मदनकुमार भण्डारीका विचारको अध्ययन गरेर सोही अनुसार आफ्नो कार्यशैलीमा सुधार गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले ७३ औं मदन जयन्तिको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले सबै एकताको सुत्रमा अगाडि बढेमात्र पार्टी लिएको लक्ष्य पूरा हुने उल्लेख गरे । त्यसको लागि जिम्मेवारीमा रहेको व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताए ।
‘सिद्धान्त, संगठन, सर्घष र शैलीमा एकरुपता कायम गर्दै पार्टीको आन्तरिक एकतालाई अझै बलियो बनाउदै जानुपर्नेछ’ उनले भने ।
नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नको लागि स्थानीय तहदेखि प्रदेश र संघमा बहुमत आवश्यक पर्ने भन्दै त्यसको लागि सबैजना एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
समाजवाद उन्मुख संविधान पूर्ण रुपमा कार्यान्यवयन गर्नको लागि समेत एमालेको एकल बहुमत आवश्यक पर्ने उनको दावी थियो ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले नियम कानूनको अधिनमा रहेर तथा नियमित पार्टीको सम्पर्कमा रहेर काम गर्नुपर्ने उनको भनाई थियो ।
‘म त जनप्रतिनिधि भए पाँच वर्षलाई ठीक छ, मैले किन पार्टीलाई वास्ता गर्नुप¥यो भन्न थालियो भने धागो चुँडिएको चङ्गा जस्तो हुन्छ, पार्टीसँग आवश्यकताको आधारमा नियमित रुपमा सम्पर्कमा रहनुपर्छ’ उनले भने ।
जनप्रतिनिधि शासक नभई सेवक भएकोले जनताप्रति उत्तरदायी बन्नुपर्ने स्थायी कमिटी सदस्य अधिकारीले बताए । ‘जनतालाई निरास बनाउने अधिकार जनप्रतिनिधिलाई छैन, मतदातालाई उत्साह, उर्जा थप्नुप¥यो’ अधिकारीले आग्रह गरे । संगठनमा प्रयोग गरिहेको लोकतान्त्रिकरणमा पुनरावलोकन गर्नुपर्ने अवस्था आएको समेत उनको भनाई थियो ।
त्यसअघि, कार्यक्रममा प्रमुख वक्ता पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्याउने छुट नभएको बताए ।

नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका कमिटी इन्चार्ज कृष्ण थापा, पोखरा महानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष दिलिप न्यौपाने, वर्तमान उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना र सचिव सुशील बस्नेतले बोलेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ