वडा कार्यालय पोखरा -१५ तथा वडा स्तरीय कृषि संजाल -१५ को आयोजनामा दोस्रो संस्करणको असारे महोत्सव अर्थात् धान दिवस सम्पन्न भएको छ।
पोखरा महानगरपालिका – १५ फलेपाटन स्थित करिब ४ रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव मनाइएको हो। महोत्सवमा वडावासी आमा समूह, टोल विकास, कृषक लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

महोत्सवमा आमा समूहबिच रसी तान्ने र धान रोप्ने प्रतियोगिता सञ्चालन गरिएको थियो। विजयी समूहलाई वडाध्यक्ष तोरण बानियाँले नगद पुरस्कार प्रदान गरेका थिए।
यस्तै, कलाकार सिता केसी र नेत्र खड्काको साङ्गीतिक प्रस्तुतिमा सहभागीहरूले प्रशस्त मनोरञ्जन लिए।

महोत्सवकी प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मंजुदेवी गुरुङले रोपाइँ दिवसको शुभकामना व्यक्त गर्दै पोखरा -१५ ले यस किसिमको महोत्सवको आयोजना गरेर लोक संस्कार संस्कृति र कृषि कर्मको बारेमा पुस्ता हस्तान्तरण गरेको बताइन्। किसानहरूले सिँचाइ, मल, बिउ लगायतका अभावहरूका बिच कृषि पेसालाई निरन्तरता दिइरहेको बताउँदै समस्याहरूको समाधानका लागि महानगरको कृषि शाखा र वडाहरू सधैँ किसानको साथमा रहेको बताइन्। उनले यस वर्ष पनि कृषि एम्बुलेन्स र महानगरमा उत्पादन भएका बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता राम्रा कामलाई निरन्तरता दिँदै किसानका पक्षमा अन्य राम्रा कार्यक्रमहरू ल्याइने दाबी गरिन्।

यस्तै, वडाध्यक्ष तोरण बानियाँले कृषकहरूको हौसला बढाउन यस वर्ष पनि रोपाइँ महोत्सवको आयोजना गरिएको बताए। उनले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने आमा समूह, टोल विकास सबैलाई धन्यवाद दिए।
रोपाई महोत्सव कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।




तस्वीरहरू : मेरो दृष्टि
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते