पोखरा महानगरपालिका वडा नम्बर ८ को कुँवर टोलमा शनिबार भएको निशुल्क शिविरमा ४ सय १७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ ।
कुँवर समाज समिति, भवानी आमा समूह र युथ अफ कुँवर टोलको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) पोखराले गरेको थियो । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले आफैं र विभिन्न संघ, संस्थाको सहकार्यमा आयोजना गरेको यो १ सय ७५ औं शिविर हो ।
कार्यक्रममा प्राडा करुणा आचार्यले मधुमेह, थाइराइड तथा टिजी हुने कारण र उपाचार पद्धतिहरुमाथि प्रकाश पारिन् । पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडा कार्यालय र महानगरले जनताको स्वास्थ्य अवस्था सुधार्न योजनाबद्ध रुपमा काम गरिरहेको जनाए ।
युृआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाए । उनले सर्वसाधारणलाई रोगहरुबारे सचेतनासहित निशुल्क शिविरले रोग लाग्नुअगावै उपचार गर्न र स्वस्थ जीवन बाच्न सहयोग पुग्ने जनाए ।
कुँवर समाज कास्की अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ८ की वडा सचिव सविता ढुंगाना, कुँवर समाज समिति सहसचिव आरती कुँवर, सचिव लक्ष्मी कुँवर, संगम मार्ग महिला समूह अध्यक्ष इन्दिरा लामिछाने लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’