साहित्यकार प्राडा रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ गण्डकीले खुला कविता प्रतियोगिता गरेको छ।
प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन् । बागलुङका गौतम मनिष द्वितीय, पर्वतका विवेक पराजुली तृतीय र पर्वतकै सजिना पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।
प्रथम भएका बस्यालले ११ हजार एक सय ११ , द्वितीय भएका मनिषले आठ हजार आठ सय ८८, तृतीय पराजुलीले छ हजार छ सय ६६ र सान्त्वना पौडेलले चार हजार चार सय ४४ नगदका पुरस्कार र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा ४३ जनाले कविता पठाएको र प्रतिस्पर्धामा भाग लिन २५ जना छनौट भएका थिए भने २२ जनाले मात्र कविता वाचन गरेका थिए । प्रतियोगिताको निर्णायकमा प्रा. डा. जगन्नाथ रेग्मी , उप प्राध्यापक निर्मल सापकोटा र प्राज्ञ छन्दिका त्रिपाठी थिए ।
प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल , विम्वकवि रमेश श्रेष्ठ पनि उपस्थित रहेका थिए ।
महासंघ अध्यक्ष सुवास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघ कास्की अध्यक्ष शिवहरि ढुंगाना, सञ्चालन गण्डकीका महासचिव छवि सुवेदीले गरेका थिए ।
प्रा. डा रविलाल अधिकारीका छोरा हाल राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेशका प्रमुख समेत रहेका प्रमोद अधिकारीले बुवाका कृतिहरु प्रकाशनमा ल्याउने तयारीमा रहेको बताए ।
वि.सं. २००२ साल असार १६ गते तत्कालीन लमजुङ जिल्लाको मिजुरेडाँडा गोर्जे हाल मादी गाउँपालिका वडा नं. ९ मा जन्मेका रविलाल अधिकारीको २०७९ फागुन १६ मा निधन भएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु