पोखरा स्थित मणिपाल शिक्षण अस्पतालले महालेखा परिक्षकको प्रतिवेदन र पोखरा महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
आज मंगलबार रिट दर्ता गरेको मणिपाल अस्पतालले जानकारी दिएको छ । सर्वोच्चले भाेलि बुधबार १० बजे अदालतमा प्रमाणसहित हाजिर हुन निवेदकलाई आदेश दिएको छ ।
मणिपाल शिक्षण अस्पतालको भवनको निर्माण सम्पन्न लिने बेलामा करिब २० करोड राजस्व छलि भएकाे भन्ने प्रकरणमा मणिपाल सर्वोच्च अदालत गएको हो । महालेखा परीक्षकको प्रतिवेदनमा मणिपाल शिक्षण अस्पताललाई भवनको सम्पन्नताको प्रमाण पत्र दिने बेलामा करिब २० करोड राजस्व गुमेको कुरा उल्लेख छ ।
त्यसैका आधारमा पोखरा महानगर पालिकाले मणिपाललाई पत्र पठाउदै सो रकम तत्काल तिर्न भनेको छ । तत्काल बेरुजुमा उल्लेख गरिए बमाोजिमको रकम नतिरेमा कारवाही अघि बढाउने भन्दै पत्र काटे पछि मणिपाल महानगर र महालेखा परीक्षकको प्रतिवेदनका विरुद्धमा गएको हो ।
मणिपालले २०५७ साल पछि नै भवनको सम्पन्नताको प्रमाण पत्र माग गरेपनि पोखरा महानगर पालिकाले दिएको थिएन् । मणिपालले हालै जारी गरेको विज्ञप्तिमा बिना कारण सम्पन्न प्रमाणपत्र नदिएकाे दावी गरेको छ । नक्शा पास गरेर राजस्व तिरेरै भवन बनाएकाे दावी गर्दै महानगरबाट अनावश्यक रुपमाा दुख दिइएको उसकाे दावी छ ।
यसैक्रममा पछिल्लाे समयमा पाेखरा महानगर पालिकाको बोर्ड बैठकले करिब १ करोड ७५ लाख रुपैया राजस्व लिएर भवन सम्पन्नताको प्रमाण पत्र दिने निर्णय गरेको थियो । साेही बमोजिम प्रमाणपत्र दिँदा महानगरको २० करोड राजस्व गुमेको मलेपको प्रतिवेदनमा उल्लेख छ ।
यही प्रतिवेदनलाई आधार मानेर पोखरा महानगर पालिकाकाे नगर सभाले सम्पन्नताको प्रमाण पत्र दिने निर्णय बदर गर्दै एक छानविन समिति समेत बनाएकाे छ । भने प्रमुख प्रशासकीय अधिकृतले मलेपले बेरुजु देखाए अनुसार रकम दाखिला गर्न पत्राचार गरेका छन् । यसैका विरुद्धमा मणिपाल सर्वोच्च गएको हो ।
मणिपालले सर्वोच्चमा दायर गरेको रिटमा पोखरा महानगर पालिका आफैले अनावश्यक ढिलाई गरेर भवन सम्पन्नताको प्रमाण पत्र नदिएको र उल्टो जरिवाना तिराएको भन्दै न्याय मागिएको छ ।
रिटमा महालेखा परीक्षकको प्रतिवेदनले उठाएका सवालका विषयमा सरोकारवाला पक्षलाई साेधपुछ गरेर प्रमाण पेश गर्न समेत नदिई अन्याय गरिएकाे जिकिर गरिएकाे छ । निवेदकले मलेपले भने बमोजिमको रकम बुझाउन र नबुझाए कारवाही गरिने छ भन्ने पत्र तत्काल बदर गर्न उत्प्रेषणको आदेश माग गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म थप कारवाही नगर्नु नगराउनु भनि अन्तरिम आदेश समेत माग गरेका छन् ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’