पोखरा स्थित मणिपाल शिक्षण अस्पतालले महालेखा परिक्षकको प्रतिवेदन र पोखरा महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
आज मंगलबार रिट दर्ता गरेको मणिपाल अस्पतालले जानकारी दिएको छ । सर्वोच्चले भाेलि बुधबार १० बजे अदालतमा प्रमाणसहित हाजिर हुन निवेदकलाई आदेश दिएको छ ।
मणिपाल शिक्षण अस्पतालको भवनको निर्माण सम्पन्न लिने बेलामा करिब २० करोड राजस्व छलि भएकाे भन्ने प्रकरणमा मणिपाल सर्वोच्च अदालत गएको हो । महालेखा परीक्षकको प्रतिवेदनमा मणिपाल शिक्षण अस्पताललाई भवनको सम्पन्नताको प्रमाण पत्र दिने बेलामा करिब २० करोड राजस्व गुमेको कुरा उल्लेख छ ।
त्यसैका आधारमा पोखरा महानगर पालिकाले मणिपाललाई पत्र पठाउदै सो रकम तत्काल तिर्न भनेको छ । तत्काल बेरुजुमा उल्लेख गरिए बमाोजिमको रकम नतिरेमा कारवाही अघि बढाउने भन्दै पत्र काटे पछि मणिपाल महानगर र महालेखा परीक्षकको प्रतिवेदनका विरुद्धमा गएको हो ।
मणिपालले २०५७ साल पछि नै भवनको सम्पन्नताको प्रमाण पत्र माग गरेपनि पोखरा महानगर पालिकाले दिएको थिएन् । मणिपालले हालै जारी गरेको विज्ञप्तिमा बिना कारण सम्पन्न प्रमाणपत्र नदिएकाे दावी गरेको छ । नक्शा पास गरेर राजस्व तिरेरै भवन बनाएकाे दावी गर्दै महानगरबाट अनावश्यक रुपमाा दुख दिइएको उसकाे दावी छ ।
यसैक्रममा पछिल्लाे समयमा पाेखरा महानगर पालिकाको बोर्ड बैठकले करिब १ करोड ७५ लाख रुपैया राजस्व लिएर भवन सम्पन्नताको प्रमाण पत्र दिने निर्णय गरेको थियो । साेही बमोजिम प्रमाणपत्र दिँदा महानगरको २० करोड राजस्व गुमेको मलेपको प्रतिवेदनमा उल्लेख छ ।
यही प्रतिवेदनलाई आधार मानेर पोखरा महानगर पालिकाकाे नगर सभाले सम्पन्नताको प्रमाण पत्र दिने निर्णय बदर गर्दै एक छानविन समिति समेत बनाएकाे छ । भने प्रमुख प्रशासकीय अधिकृतले मलेपले बेरुजु देखाए अनुसार रकम दाखिला गर्न पत्राचार गरेका छन् । यसैका विरुद्धमा मणिपाल सर्वोच्च गएको हो ।
मणिपालले सर्वोच्चमा दायर गरेको रिटमा पोखरा महानगर पालिका आफैले अनावश्यक ढिलाई गरेर भवन सम्पन्नताको प्रमाण पत्र नदिएको र उल्टो जरिवाना तिराएको भन्दै न्याय मागिएको छ ।
रिटमा महालेखा परीक्षकको प्रतिवेदनले उठाएका सवालका विषयमा सरोकारवाला पक्षलाई साेधपुछ गरेर प्रमाण पेश गर्न समेत नदिई अन्याय गरिएकाे जिकिर गरिएकाे छ । निवेदकले मलेपले भने बमोजिमको रकम बुझाउन र नबुझाए कारवाही गरिने छ भन्ने पत्र तत्काल बदर गर्न उत्प्रेषणको आदेश माग गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म थप कारवाही नगर्नु नगराउनु भनि अन्तरिम आदेश समेत माग गरेका छन् ।

सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु