पोखरा २९ मा रहेको बेगनासतालमा जलकुम्भीको प्रकोप बढ्न थालेपछि तालमा फैलिएको जलकुम्भी हटाइएको छ । जलारी समुदायले सोमबार जलकुम्भी हटाएका हुन् ।
तालमा जलकुम्भी फैलन थालेपछि मत्स्य व्यवसायी समितिले जलकुम्भी हटाउने अभियान सञ्चालन गरेको समितिका अध्यक्ष राजेन्द्र जलारीले बताए । तालको सौन्दर्य हराउने तथा पेशा संकटमा पर्ने चिन्ताले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
२०५९ सालदेखि सिड फाउण्डेसन कास्की, पर्यटन वोर्ड, स्थानीय सरकार र सरोकारवालको सहयोगमा तालमा जलकुम्भी फाल्ने अभियान चलाइरहेका छन् ।
तालै ढाक्ने गरि जलकुम्भी फैलिएपछि यसलाई रोक्न र नियन्त्रण गर्न लागिएको समितिकी सदस्य पार्वति जलारीले बताइन् । जलकुम्भी हटाउन सरकारी तथा सम्बन्धित निकायको ध्यान नपुगेको उनको गुनासो छ ।
जलकुम्भी फैलिएपछि पर्यटक, डुङगा व्यवसायी, जलारी समुदायलाई समस्या परेको समितिका निवर्तमान अध्यक्ष झलक जलारी बताउँछन् ।
उनका अनुसार विगतका वर्षहरुमा सामाजिक संघ सस्था र सरकारी निकायको सहयोग रहदै आए पनि पछिल्ला दिनहरुमा स्थानिय निकाय एवं संघ संस्थाहरुको सक्रियता नदेखीएकोमा असन्तुष्टि व्यक्त गरे ।
जलकुम्भी सफाई कार्यक्रममा सहभागी हुन स्थानीय, विभिन्न संस्था, समुदायलाई उनले आग्रह गरे । अभियान २०/२५ दिनसम्म चल्ने उनले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु