पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक समारोह आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो ।
आधुनिक प्रविधिबाट निर्मित यो स्कुटर एक पटक चार्ज गरिसकेपछि ३५० किमीसम्म गुड्न सक्ने बताइएको छ । हाल यसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ ।
स्कुटरको विशेषताबारे जानकारी दिँदै कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामले लामो तथा छोटो दुरीमा चलाउन सकिने र चढ्नमा सुविधाजनक रहेको बताए ।
उनका अनुसार ड्राइभिङमा यो ६० प्रतिकिमी र स्पोर्टस् मोडमा यो ६८ प्रतिकिमीसम्म गुड्न सक्छ । परीक्षणका क्रममा आफू पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव उनले सुनाए । यसको ब्याट्रीमा ५ वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने उनले दाबी गरे । एक पल्ट चार्ज गर्दा ६ देखि ८ घण्टासम्म समय लाग्नेछ ।
क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टका डाइरेक्टर रेविका बुढाथोकीले हाल कम्पनीको पोखरासहित काठमाडौं महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर छन् ।
पोखरामा नयाँबजारस्थित क्रसफायर सो रुम हो ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन