पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्ने सम्भावना तथा यस सम्बन्धमा उजुरी नै परेपछि राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित विमानस्थल अध्ययन उपसमितिका सदस्यहरू आइतबार साँझ पोखरा आइपुगेका छन् ।
सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा अध्ययन गर्न लिङ्देनको अध्यक्षतामा असार १३ मा उपसमिति गठन भएको थियो ।अध्ययनका लागि ११ जना सांसद र २ जना कर्मचारी गरी १३ सदस्यीय टोली पोखरा आइपुगेको छ ।
पोखरा आएको संसदीय उपसमिति सदस्यहरूमा लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुल बास्कोटा, एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन् ।

लिङ्देनका अनुसार गण्डकी प्रदेशको सार्वजनिक लेखा समिति र पोखराका सरोकारवालासहितको टोलीले सोमबार बिहानैदेखि विमानस्थलको स्थलगत अध्ययन र अवलोकन गर्नेछ ।
उद्घाटन भएको डेढ वर्ष बितिसक्दा अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण र प्राविधिक हिसाबमा कहाँ त्रुटि छ भन्नेबारे अनुसन्धान गर्ने जनाइएको छ ।
उपसमिति संसदीय उपसमिति टोलीसमक्ष आयोजनाका तर्फबाट सबैभन्दा पहिले निर्माण समयदेखि सञ्चालनसम्मको प्रस्तुतिकरण, त्यसपछि स्थलगत अध्ययन र अन्तिममा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ