गण्डकी प्रदेश सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट कृषक गरी पाँच जनालाई पुरस्कृत गरेको छ । प्रदेश सरकार मातहतको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सोमबार कृषकलाई नगदसहित सम्मान गरेको हो ।
प्रदेश सर्वोत्कृष्ट कृषक पुरस्कारबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा सञ्चालित युनिक मल्टी एग्रो प्रालिका सञ्चालक हरिबहादुर खड्का नगद ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत भए । प्रदेश उत्कृष्ट पुरस्कारबाट माछापुच्छ्रे गाउँपालिका–९ कास्कीस्थित आरोस अर्गानिक कृषि फार्मका सञ्चालक पदमबहादुर तामाङ, कावासोती नगरपालिका–१५ नवलपुरस्थित पाण्डे मत्स्य फार्मका सञ्चालक निराजन पाण्डे, थासाङ गाउँपालिका–१ टुकुचे मुस्ताङको आइपिएम एप्पल फार्मका नीरज तुलाचन र लमजुङको क्वोलासोधर गाउँपालिका–८ स्थित अस्मिता एकीकृत फार्मकी सञ्चालक केशकुमारी गुरुङ सम्मानित भए । प्रदेश उत्कृष्ट कृषकलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कृषकलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिना, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टंक प्रसाईं, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाइलगायतले सम्मान गरेका थिए ।
जिल्लाका उत्कृष्ट कृषकमध्येबाट ५ जनालाई पुरस्कृत गरिएको मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
उनले भने, ‘प्रत्येक जिल्लामा पुरस्कृत भएका ४/४ जना कृषकमध्येबाट एक एक जना गरी १० जना सिफारिस भएर आएका थिए, तीमध्ये मन्त्रालयबाट पुनः अनुगमन मूल्यांकन गरी सर्वोत्कृष्ट र उत्कृष्ट कृषक छनोट गरेका हौँ ।’ कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले कृषकलाई प्रोत्साहनका लागि पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी