पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले त्यसमा संविधानले कुनै बाधा नगर्ने पनि स्पष्ट पारे ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए ।
‘दुई ठुला दल मिलेर सरकारमा जानु भनेको नेपालको लागि अवसर र चुनौती दुवै हो, यसले जनताको वास्तविक समस्यालाई सम्बोधन गरेर जान सक्यो भने नयाँ अवसर प्रदान गर्न सक्छ’, सांसद केसीले भने, ‘ठुला दल मिलेर सरकार बनाउँदै गर्दा आ–आफ्ना स्वार्थमा लागे चुनौती बन्न सक्छ ।’
सांसद केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने बताए । केसीले ठूला दलहरू एकैठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने बताए ।
अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने विश्वास रहेको समेत उनले दावी गरे ।
उनले प्रतिपक्ष सशक्त हुन नसके लोकतन्त्र जीवन्त हुन नसक्ने समेत उल्लेख गरे । ‘दुई ठुला दल मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुन्छ भन्ने दृष्टिकोण आएको छ, कहिलेकाहीँ यस्तो दृष्टिकोण आउँछ’, उनले भने, ‘सरकार बाहिर रहेका दलले नियम कानून, संविधान अनुसार जनताको भावनालाई उठाउन सक्नुपर्छ,प्रतिपक्ष सशक्त हुन सकेन भने लोकतन्त्र जीवन्त हुन सक्दैन ।’
संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा
केसीले संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएको दावी गरे । संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको जिकिर गर्दै उनले संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे ।
नेता केसीले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताए । नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामो समय टिक्न नसकेको उनले दावी गरे ।
पोखरा विमानस्थल निर्माणका क्रममा भएका अनियमितता तथा प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिका सदस्यसमेत रहेका केसीले विमानस्थल निर्माणका क्रममा भएका अनियमितताबारे सत्यतत्य बाहिर ल्याउन समितिले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’