पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीले विद्यार्थी सम्मान तथा करिअर काउन्सिलिङ कार्यक्रम गर्ने भएको छ ।
हालै प्रकाशित २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६ भन्दा बढी जीपीए ल्याउने विद्यार्थीलाई शनिबार सम्मान गर्न लागेको हो । कास्कीमा १ हजार ६५७ जनाले ३.६ भन्दा बढी जीपीए ल्याएका छन् । तीमध्ये २१ जनाले ४ जीपीए ल्याएका छन् । तीमध्ये एक हजार जना सम्पर्कमा आएको र उनीहरूलाई सम्मान गरिने अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । ४ जीपीए ल्याउनेलाई सम्मापत्र र दोसल्ला, ३.६ देखि ४ जीपीएसम्म ल्याउनेलाई सम्मानपत्र र खादा लगाएर सम्मान गरिने उनले बताए ।
सहभागी हुने विद्यार्थीलाई गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक अमृतराज बाँस्तोलाले करिअर काउन्सिलिङ गर्ने छन् । विद्यार्थीलाई अब कुन विषय पढ्दा ठिक हुन्छ, देशमा भएका अवसर र चुनौती, आफ्नो क्षमता पहिचानलगायत विषयमा जोड दिएर काउन्सिलिङ गरिने अनेरास्ववियु कास्कीका सचिव रवि क्षेत्रीले जानकारी दिए । ‘हामी विद्यार्थीको संगठन हौँ । त्यही भएर राम्रो गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्छ भनेर कार्यक्रम गर्न लागिएको हो,’ उनले भने ।
कार्यक्रम शनिबार बिहान १० बजे पृथ्वीनारायण क्याम्पस परिसरको गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी कार्यक्रमको प्रमुख अतिथि रहने छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ