पोखराको मणिपाल शिक्षण अस्पताल नेपाल कै सबै भन्दा धेरै सघन उपचार कक्ष (आईसियु) भएको अस्पताल बनेको छ । शुक्रबार ७२ वटा सुविधा सम्पन्न आईसियु कक्षको उद्घाटन भएपछि मणिपाल क्रिटिकल केयरमा नेपाल कै ठूलो अस्पताल बनेको हो ।
यसअघि मणिपालमा सघन उपचारका लागि ९४ बेड थिए । तर ति कक्ष अहिलेका जस्ता अत्याधुनिक र सुविधा सम्पन्न थिएनन् । गण्डकीका बिरामीहरु सुविधा सम्पन्न सघन उपचार कक्षका लागि राजधानी वा देश बाहिर जानु नपर्ने गरी नयाँ आईसियु कक्ष निर्माण गरिएकाे मणिपाल शिक्षण अस्पतालका अध्यक्ष आनन्दराज बतासले बताए ।
काेभिड महामारीताका भेन्टिलेटर कै अभावमा कैयौंले ज्यान गुमाउनु परेको पीडा महसुस गरेर सघन उपचार कक्षमा पर्याप्त भेन्टिलेटरको व्यवस्था गरेकाे अस्पतालका निर्देशक नारायण पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच ७२ शैया आइसियु कक्षको उद्घाटन गरे ।
मणिपालले नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयामिक लेभल ३ को सिसियू आफूले बनाएको दाबी गरेको छ । नवनिर्मित सिसियू कक्ष बिरामीहरुको सुरक्षार्थ केन्द्रीकृत नियन्त्रण प्रणालीमा आधारित रहेको जनाइएको छ । यो कक्षमा २ वटा नेगेटिभ प्रेसर आइशोलेशन आइसियु क्याविन र ३ वटा प्राइभेट आइसियु क्याविन समेत छन् । नेगेटिभ प्रेसर आइशोलेशन आइसियु क्याविनमा द्रुतगतिमा सर्ने बिरामीको उपचार गरिन्छ । यो क्याविनबाट अन्य बिरामीलाई रोग सर्ने सम्भावना रहँदैन ।

सुविधा सम्पन्न यो आइसियु कक्षमा एक जना बिरामीका लागि एक जना नर्ससहित विशेषज्ञ डाक्टरहरुकाे टिम नै सकृय रहने मणिपाल अस्पतालका निर्देशक डाक्टर अभिषेक मास्केले बताए । डा. मास्केका अनुसार आइसियुमा उपचार गर्नु पर्ने एउटै बिरामी धेरै प्रकारका राेगबाट संक्रमित हुन सक्ने भएकाले धेरै विशेषज्ञले एकै चोटी सल्लाह गरेर उपचार गर्दा बिरामी छिटो निको हुन सक्छ ।
सघन कक्षको उद्घाटनपछि गण्डकी सरकारका मुख्य मन्त्री पाण्डेले अब काठमाण्डुबाट पनि बिरामीहरु पोखरा रेफर भई उपचारकालागि आउने अपेक्षा गरेका छन् । उनले आज अस्पतालको महत्वपूर्ण युनिट उद्घाटन गर्न पाउदा आफुले पुण्य कमाएकाे महसुस गरेको बताए ।
मुख्यमन्त्री पाण्डेले मृगौलाका बिरामीका लागि डाइलाइसिस सेवा बिस्तार गरि प्रदेश सरकारको डाइलाइसिस सेवा प्राप्त नगर्नेको बिरामी संख्या शुन्यमा झार्ने अभियानलाई सघाउन अनुरोध गरे । लगत्तै बोल्दै अस्पतालका अध्यक्ष बतासले हाल ११ वटा डाइलाइसिस मेशिन रहेको जानकारी दिँदै ३ महिनाभित्र थप १० वटा थपिने योजना सुनाए ।
गण्डकी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाले सुबिधा सम्पन्न आइ सि यु युनिट संचालनमा ल्याएकोमा बधाई ज्ञापन गरे । उनले हस्पिटललाई थप सेवा बिस्तारकालागि आग्रह गर्दै गर्दै आवश्यक सहयोगको प्रतिबद्दता व्यक्त गरे ।
मणिपाल अस्पतालका प्राध्यापक डाक्टर सिपी आचार्यले यसअघि सुविधा सम्पन्न आइसियुकी अभावमा क्रिटिकल बिरामीलाई काठमाण्डु रेफर गर्न परेको सुनाउँदै अबबाट त्यो समस्या हटेको दावी गरे । यो सघन उपचार कक्ष बनेपछि मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरको संख्या नै ३४ पुगेको छ ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’