जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा एक करोड दश लाख ९७ हजार रुपियाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा संकलित उक्त राजस्व अहिलेसम्मकै धेरै हो । पछिल्लो तीन वर्ष यता राजस्व संकलन बढ्दो क्रममा छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ७० लाख ८४ हजार र आ.व. २०७९/०८० मा एक करोड ७२ हजार रुपियाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक प्रहरीले सबैभन्दा धेरै मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर चालकलाई कारबाही गरेको छ । सो आवमा पाँच हजार मोटरसाइकल र एक हजार एक सय ६६ ट्याक्टर चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक केशरबहादुर मल्लले जानकारी दिए ।
कार्यालय प्रमुख मल्लका अनुसार सो अवधिमा तीन हजार छ सय आठ जिप तथा कार, एक हजार ९ सय ३२ बस, एक हजार पाँच सय २४ ट्रक तथा टिप्पर र एक हजार तीन सय ८० अन्य सवारी चालक कारबाहीमा परेका छन् ।
एक वर्षमा जिल्लामा १८ वटा दुर्घटना भएको कार्यालय प्रमुख मल्लले जानकारी दिए । तीन बस, तीन जिप तथा कार, ट्याक्टर र टेम्पो दुई/दुई, एउटा ट्रक साथै मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने सख्त तथा सामान्य गरी १३ जना घाइते भएका छन् । यसभन्दा अघिल्लो आर्थिक वर्षमा २१ सवारीसाधन दुर्घटना हुँदा १२ जनाको मृत्यु र १३ जना घाइते भएका थिए ।
दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा गत वर्ष दुर्घटना कम भएको ट्राफिक कार्यालय प्रमुख नायब निरीक्षक केशरबहादुर मल्लले जानकारी दिए । उनले चेकजाँचका क्रममा पाँच वर्ष भन्दा बढी रिन्यु/नविकरण फेल भएका सवारीबाट मात्र २७ लाख ४५ हजार ९ सय ९६ रुपियाँ राजस्व संकलन गरेको बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु