पोखरा । रुपा गाँउपालिकाका सातैवटा वडामा जडान गरिएको डिजिटल नागरिक बडापत्रको मंगलबार वडा ५ को कार्यालयबाट विधिवत रुपमा एक कार्यक्रमबीच उद्घाटन भएको छ ।
गाउँपालिका अध्यक्ष नवराज ओझा सोको उद्घाटन गर्दै गाउँपालिकाको हरेक क्षेत्रमा समृद्धिको अभियानका क्रममा नागरिकको सूचनाको हकको सुनिश्चित गर्दै डिजिटल वडापत्र जडान गरिएको बताए ।
वडा ५ का अध्यक्ष राजन खनालले आफ्नो वडाबाट डिजिटल बडापत्रको सुरुवात गरिएकोमा खुसी व्यक्त गर्दै उक्त बडापत्रको समुचित प्रयोगका लागि सम्पूर्ण वडावासी तथा वडामा अवस्थित संघसंस्था प्रतिनिधिहरूलाई अनुरोध गरे ।

कार्यक्रममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले डिजिटल बडापत्रको डिस्प्ले बोर्ड सिस्टममा नागरिक बडापत्र लगायत वडा कार्यालयको परिचय, कार्यालयबाट प्रदान गरिने सेवासुविधा, पदाधिकारी तथा कर्मचारीको विवरण, सुचना तथा गतिविधि, नक्सा तथा गाउँपालिका सम्बन्धी विवरण समावेश गरिएको जानकारी गराए ।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधि र समाजसेवी व्यक्तिहरूले आफ्नो मन्तव्य राखेका थिए । रुपा गाउँपालिकाका सूचना अधिकारी लोकनाथ पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा वडा ५ का महिला वडा सदस्य मीना कुँवरले स्वागत मन्तव्य व्यक्त गरिन् ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर