किरण श्रेष्ठ, तनहुँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सवै जनताले कर तिर्नुपर्ने बताएका छन् । जनताले कर नतिरे देश विकास हुदैन त्यसैले सबै जनाता करको दायरा आउनुपर्ने उनको आग्रह थियो । कर तिर्ने बेला हरेक नागरिकले झुक्याउने वा छल्न खोज्नेतिर नलागी इमान्दारिता देखाउन मन्त्री गुरुङले आग्रह गरे । ‘कर नतिर्ने नागरिक, नागरिक हुन सक्दैन, नागरिकता पाएर मात्रै नागरिक हुन्छौं भन्ने होइन ।
कर तिरेर पो सच्चा नागरिक भइन्छ,’ उनले भने । नागरिकले तिरेको करले नै देश समृद्ध बन्ने भएकाले त्यतातर्फ ध्यान दिन उनको आग्रह थियो । ‘समृद्ध देश खोज्छौं, कर तिर्नै नपरे हुन्थ्यो भन्ने सोचाइ राख्छौं,’ आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा शनिबार दमौलीमा आयोजित कार्यक्रममा उनले भने, ‘कर नतिरेर देश कसरी समृद्ध हुन्छ?’ कर सम्बन्धी जनतामा नकारात्मक धारणा बसेकाले यस्तो समस्या आएको उनले बताए । आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयन सम्बन्धमा स्थानीय तहसंग छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
सामाजिक संजालमा करको सकारात्मक भन्दा नकारात्मक कुरा बढी भाइरल हुने गरेको र सकारात्मक कुराको टिप्पणी हुने गुरुङले बताए । विकसित ठुला देशमा हरेक नागरिकले सरकार लाई कर तिरेको हुदा आगाडी बढेको र बजेट पनि धेरै रहेको उनले बताए । हाम्रो देशमा भने घुस दिन तयार हुने तर कर नर्तिने नागरिक बढी रहेकोले बजेट पनि कम भएको उनले भनाइ थियो । नेपालमा निजि क्षेत्रको लगानी भित्राउन पर्ने गुरुङले बताए ।
तनहुँका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत उपस्थित उक्त कार्याक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जनता कर तिर्नभन्दा नतिर्न बहाना खोजिरहेको बताएका छन् । ‘हामि सामाजिक सञ्जालका खबरले सञ्चालित छौं, हरेक राम्रा कुराको समेत नकारात्मक टिप्पणी गर्ने बानी रहेको छ’ उनले भने, ‘करको मामिलामा खर्च बढ्ने मात्रै हो, नेताहरुले आफैं भ्रष्टाचार गर्छन्, केही सेवा दिंदैनन् भन्ने धारणाको विकास गरेका छौं ।’
प्रदेश सांसद सरिता गुरुङले करको विषयमा सबै जनता सकारात्मक हुनुपर्ने बताइन । संघीयता नेपालको लागि नयाँ प्रयोग भएकोले सबैले सहयोग गर्नुपर्ने उनले बताइन । प्रदेश सांसद आशा कोइरालाले करको स्पष्ट दायरा निकाल्नुपर्ने बताइन । तिन तहमा योजना निर्माण गर्दा आवश्यक सहकार्य हुन नसक्दा कुनै योजना दोहोरो भएको र कुनै महत्वपूर्ण योजना समेत छुटेको उनले बताइन । बढी आय हुनेले बढी र कम आय हुनेले कम आय कर सरकार लाई तिर्नुपर्ने बताइन ।
जनताको आशा र अपेक्षा धेरै छन्, त्यसैले लचिलो भएर छिटो काम गर्न जरुरी रहेको गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले बताए । कर सम्बन्धि स्पष्ट खाका र करको विषयमा सबैले बुझ्न आवश्यक रहेको उनले बताए । सेवा मात्रै लिन खोज्ने तर आफ्नो दायित्व बिर्सन नहुने उनले भनाई थियो ।
सम्बन्धित खबर
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन