राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले पहिरोमा परी ज्यान गुमाएका तीन परिवारलाई आर्थिक सहयोग गरेको छ ।
गएको महिना असार २७ गते अविरल बर्षा सँगै आएको पहिरोले पोखरा महानगरपालिका-१९, पुरुन्चौर, पोखरा-२७, सहेलापाखा र पोखरा-३२, चैनपुरमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
प्राकृतिक प्रकोपबाट प्रताडित परिवारलाई मल्हमपट्टी लगाउन रास्वपाको विभिन्न तह र तप्कामा रही तत्स्थानमा पुग्नुभएका सदस्यहरुले भेटि स्वरुप र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विपद्मा परेकालाई आर्थिक सहयोग गरिएको जिल्ला संयोजक योगराज पौडेलले जानकारी दिए ।
पोखरा-१९ पुरुन्चौरमा पहिरोबाट परिवार गुमाएका पवन परियारलाई पन्ध्र हजार, पोखरा-२७ सहेलापाखाका भीम थापाको परिवारलाई बाह्र हजार बिस र पोखरा-३२, चैनपुरकी आरती ओझाको परिवारलाई चौध हजार पाँच सय नगद प्रदान गरिएको जिल्ला बिपद् व्यवस्थापन समिति संयोजक राजु राईले जानकारी दिए ।
बिपद् व्यवस्थापन समितिकी कोषाध्यक्ष मिनु कँडेलका अनुसार रास्वपा कास्कीले बिपद् व्यवस्थापन समिति स्थापना गरी यो बर्षातमा हुने प्राकृतिक प्रकोपबाट प्रभावित परिवारलाई नगद तथा जिन्सी सामानसहित नैतिक र भौतिक सहयोग गर्दै अगाडि बढेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो