स्याङ्जा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
नयाँ दर्ता भएका ९५२ मुद्दामध्ये ४६५ सम्बन्ध विच्छेद र ८५ वैवाहिक सम्बन्ध विच्छेद गरी ५५० मुद्दा रहेको अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए । अदालतमा दर्ता भएका मुद्दामध्ये ५७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदकै रहेको र मुद्दामा महिलावादी ४४२ र पुरुषवादी भएका १०८ वटा मुद्दा रहेको श्रेस्तेदार शर्माले बताए ।
श्रेस्तेदार शर्माका अनुसार अदालतमा पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ५४८ र वैवाहिक सम्बन्ध विच्छेद ९४ रहेकोमा अब १०२ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । उनले वैदेशिक रोजगार र प्रविधिको नकारात्मक प्रभावले नै सम्बन्ध विच्छेद बढेको बताए । त्यस्तै, सामाजिक संजालको गलत प्रयोग, सामाजिक मानसिकता, मादक पदार्थको सेवन, शैक्षिक तथा आर्थिक स्तर, सन्तान नहुने अन्य कारण रहेका श्रेस्तेदार शर्माको भनाइ छ ।
स्याङ्जा जिल्ला अदालतमा दर्ता भएका मुद्दामा ७१ वटा अंश मानाचामल, ३३ वटा लेनदेन, ३२ वटा चेक अनादर, ३१ वटा लिखित बदर, घरेलु हिंसा चार, जालसाजी ४५ वटा, १६ वटा जबरजस्ती करणी, पाँचवटा बहुविवाह, एक वटा किर्ते, सवारी ज्यान १० वटा, १४ वटा लागूऔषध र ३२ वटा चोरीका मुद्दा दर्ता भएका हुन् ।
अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले पुराना र नयाँ जिम्मेवारीसहित एक हजार ३५५ मुद्दा रहेकोमा एक हजार चार मुद्दा अर्थात् ७४ प्रतिशत मुद्दा फछ्र्यौट भएको जानकारी दिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा