नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४६ औं स्मृति दिवसको अवसरमा सोमबार राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रमबाट एक सय सात पिन्ट रगत संकलन भएको छ ।
सोमबार वालिङ् स्थित रेड पिपर पार्टी प्यालेसमा आयोजित रक्तदान कार्यक्रममा महिलापुरुष गरी एक सय सात जना युवाले गरेको रक्तदानबाट संकलित रगत आधा स्याङ्जामा रहने र बाँकी पोखरा पठाइने राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका सचीव राधाकृष्ण शर्माले जानकारी दिए ।
२९ औं पटक रक्तदान गरिसकेका आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेललाई तिसौं पटकको रक्तदानका लागि ब्लड प्याकेट हस्तान्तरण गर्दै गण्डकी प्रदेश सांसद सीता सुन्दासले सुभारम्भ गरेको कार्यक्रममा स्थानीय, समाजसेवी, युवा क्लब साथै लायन्स क्लबका सदस्यहरु लगायतकाको उपस्तिथि रहेको थियो ।
प्रदेश सांसद सुन्दासले दान गरिएको रगतले नयाँ जीवन दिने भएकाले युवा संघले गरेको महत्त्वपूर्ण र सिर्जनशील कार्य सराहनीय रहेको बताउँदै कार्यक्रमको सुभारम्भ गरेकी थिइन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको सम्झनामा युवा संघले रगतको अभावमा कोहि छट्पटीएर मर्न नपरोस् भनेर वार्षिक नियमितरूपमा रक्तदान कार्यक्रम गर्दै आएको राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका कार्यवाहक अध्यक्ष राजन पोख्रेलले बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’