जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
स्याङ्जा अर्जुनचौपारी गाउँपालिका -१ का अस्मित परियार र प्रभा परियारको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
गत २७ गते पोखरा -१९ तल्लाकोट टारीमा गएको पहिरोले विवाहपछि ससुराली गएका अस्मित परियार, उनकी श्रीमती र श्रीमतीको परिवारसहितको ज्यान लिएको थियो । प्रमुख जिल्ला अधिकारी नेपालले मृतक अस्मितको घरमै पुगेर प्रदेश सरकारले दिने सहयोग जनही ५०/५० हजार गरी नगद एक लाख रुपियाँ राहत हस्तान्तरण गरेको बताइन् ।
राहत रकम हस्तान्तरण गर्दै प्रजिअ नेपालले विपदमा परी ज्यान गुमाएका परिवारलाई संघीय सरकारद्वारा उपलब्ध हुने दुई लाख रुपियाँ र एकाघरको भएकाले थप एक लाख गरि तीन लाख रुपियाँ प्रक्रियागत रुपमा मृतकका परिवारको खातामा बाँकी रकम जम्मा गराइने बताइन् ।
त्यस्तै, प्रशासनले गत असारमा पहिरोमा परी छोरीसहित ज्यान गुमाएकी फेदिखोला -५ बाँगेकी दुर्गा जिटीको परिवार, पहिरो झर्दा ज्यान गुमाएका आँधिखोला -३ बिचरीचौतारीका तुलसीप्रसाद पौडेलको परिवार, पहिरोले च्यापिएर ज्यान गुमाएकी भिरकोट -५ ज्यामिरेकी खेम कुमारी मल्लको परिवार र बिरुवा -६ लामाखेत स्याङ्दीमा पहिरोले ज्यान गुमाएकाको परिवारलाई समेत राहत रकम हस्तान्तरण गरेको छ ।
यसैगरी, बाढीपहिरो प्रभावित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा र लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रीक्ट स्याङ्जाले पनि नगदसहित जिन्सी लगायतका सामानहरु राहत स्वरुप वितरण गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ