पोखरा न्यूरोडस्थित सिटिजन फर्निचर न्यूरोडसँगको सहकार्यमा मंगलबार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन गरेको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ केन्द्र, प्रदेश समन्वय समिति गण्डकी र जिल्ला समितिले रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक दीपेन्द्र श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

महासंघको नवौं वार्षिकोत्सवको अवसर पारेर “रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौं पुण्य कमाऔं” भन्ने नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममा फर्निचर व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ केन्द्रका अध्यक्ष युवराज पौडेल, कास्की अध्यक्ष पूर्णशोभा गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीलगायतले रक्तदानको महत्व र फर्निचर व्यवसायी महासंघले गरेका कार्यहरुबारे बोलेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन