पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने एक हजार तीन सय सिटमा आह्वान गरेको छ । विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी स्नातक तहका विभिन्न कार्यक्रमका लागि छात्रवृत्ति खुलाएको हो । यो कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीले अनलाइनमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
छात्रवृत्तिका लागि यही साउन ९ देखि ३० गते बुधबारसम्म दरखास्त दिन सकिने छ । विज्ञान तथा प्रविधि संकायको समूह ‘क’ का लागि २०८१ भदौ ७ गते बिहान ८ देखि ११ बजेसम्म र समूह ‘ख’ का लागि सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म परीक्षा तोकिएको छ ।
यस्तै, व्यवस्थापन संकायतर्फ २०८१ भाद्र ८ गते बिहान ८ देखि ११ बजेसम्म र मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ सोही दिन दिउँसो २ देखि ५ बजेसम्म परीक्षा तोकिएको छ । परीक्षा विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्समा हुनेछ ।
पोविले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बिइ कम्प्युटर, बिइ आर्किटेक्चर, बिइ सिभिल, बिइ सिभिल (रूरल), बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिइ इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन, बिइ सफ्टवेयर, बिइ आइटी र बिइ सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भायोरोन्मेन्ट कार्यक्रममा चार सय ९० सिट रहेको उल्लेख गरेको छ ।
यसैगरी व्यवस्थापन संकायअन्तर्गत बिबिए, बिबिए (फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा कुल सात सय ७० सिट छ ।
यस्तै मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बडेभ्स, बेड, बिइसिएस र बिएएलएलबीमा ३९ सिटका लागि दरखास्त आव्हान गरिएको छ ।
विभिन्न महाविद्यालयमा कार्यक्रम र सेक्सन थप गरिएको उल्लेख गर्दै छात्रवृत्ति कोटा अझै बढ्ने देखिएको सूचना अधिकारी लोकनाथ ढकालले जानकारी दिए ।
उनका अनुसार विश्वविद्यालयले आंगिक महाविद्यालयमा कुल विद्यार्थी भर्ना कोटाको २० प्रतिशत र सम्बन्धन प्राप्त महाविद्यालयमा १० प्रतिशतका दरले छात्रवृत्ति उपलब्ध गराउँदै छ ।
विश्वविद्यालयले स्थानीय छात्रवृत्ति र पोखरा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका सन्तति छात्रवृत्तिको कोटाबाहेक ६० प्रतिशत खुला र ४० प्रतिशत अपांग, सहिद तथा जनआन्दोलनका घाइते पीडित, दुर्गम, दलित, जनजाति र मधेसी समुदायलाई कोटा सुरक्षित गरेको छ । जसमध्ये खुला र आरक्षित दुवै प्रकारका छात्रवृत्ति कोटामा महिलाका लागि ५०/५० प्रतिशत छात्रवृत्ति कोटा सुरक्षित हुन् सूचना अधिकारी ढकालले जानकारी दिए ।
उनले भने, ‘छात्रवृत्ति कोटामा सार्वजनिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका र छात्रवृत्ति छनोट प्रवेश परीक्षामा समेत सफल उम्मेदवारलाई तेस्रो चरणको छात्रवृत्ति वितरण गरिसकेपछि पनि कोटा रिक्त रहन गएमा सार्वजनिक विद्यालय र संस्थागत विद्यालयमा अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका उम्मेदवारलाई समेत योग्यताक्रमका आधारमा छात्रवृत्ति उपलब्ध गराइने छ ।’
सम्बन्धित खबर
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
कम विद्यार्थी भएपछि भीरकोटमा विद्यालय संरचना फेरबदल
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
सदनमा झण्डै दुई तिहाई बहुमत हुँदाहुँदै अध्यादेशको बाटोमा बालेन सरकार