पोखरामा नव स्थापित रोटरी क्लव अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन कार्यक्रम सम्पन्न भयो ।
रोटरी क्लब अफ पोखरा न्यूरोडको स्पोन्सरमा पोखरामा नयाँ क्लव रोटरी क्लव अफ पोखरा क्यापिटल स्थापना भएको हो । पोखरामा दशौं क्लबको रुपमा यो स्थापना भएको छ ।
पोखरामा रहेका विभिन्न पेशा, व्यवसाय र उमेर समुहका २३ जना संस्थापक सदस्य रहेको यस संस्थामा संस्थापक अध्यक्ष सन्तोष शाही छन् ।
रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन र विशेष अतिथिमा निवर्तमान गभर्नर राजेन्द्र प्रसाद ध्वजु उपस्थित थिए ।
कार्यक्रममा गभर्नर रोजेन्द्रमान शेरचनबाट सम्पूर्ण नयाँ सदस्यहरुलाई रोटरीको सपथ गराउनुका साथै पिन हस्तान्तण गरिएको थियो ।

कार्यक्रममा रोटरी ३२९२ का पूर्व गभर्नरहरु सञ्जय गिरी, किरणलाल श्रेष्ठ, सन्तोष रिजाल, जितेन्द्र बहादुर राजभण्डारी, आगामी वर्षका गभर्नर विनोद कोइराला र क्लव एड्भाइजर टुवराज बास्तोलाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२३२ का अफिसरहरु, असिस्टेण्ट गोभर्नर र पोखरा रहेका पुराना ९ ओटा क्लबका अध्यक्ष लगायत रोटरी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य देवी प्रसाद बस्ताकोटी, धन्यवाद ज्ञापन रमेश बराल र कार्यक्रम सञ्चालन सचिव विजय बरालले गरेका थिए ।

रोटरी क्लबले यहाँका सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सँग सहकार्य गर्दै मानवसेवाका लागि काम गर्दै आइरहेको छ । रोटरी विभिन्न पेशा, व्यवसायमा लागेका व्यक्तिहरुको विश्वव्यापि सञ्जाल हो जसले मानवहितका लागि काम गर्दछ । विश्वमा शान्ती र बन्धुत्व भावना वृद्धि गर्न सहयोग गर्छ । यो संस्था सन् १९०५ मा स्थापना भएको हो । संसार भरि यसको करिव १४ लाख सदस्य रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प