पोखरा । गुरुकुल विद्यासदन, नयाँबजारमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई शनिबार कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । त्यस अवसरमा गुरुकुलमै किन पढ्ने, त्यहाँ अध्ययन गर्दा अपनाउनुपर्ने अनुशासन एवं विविध पक्षबारेमा अभिमुखीकरण भयो ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुलले फड्को मार्दै अगाडि बढिरहेको चर्चा गर्दै शिक्षा, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा पनि विद्यालयले योगदान दिइरहेको औँल्याए । उनले विद्यार्थीको भविष्य समुज्ज्वल बनाउन गुरुकुलले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै लगनशील भई पठनपाठनमा लाग्न विद्यार्थीलाई सुझाव दिए ।
हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले गुरुकुल असल शैक्षिक संस्थाका रुपमा विकास भइरहेको धारणा राख्दै अभिभावक तथा विद्यार्थीको रोजाइमा पर्दै गइरहेको बताए ।
विद्यालय अध्यक्ष रवि कार्कीले पठनपाठन अलावा विद्यार्थीको प्रतिभा पहिचान गर्न विद्यालय प्रयासरत् रहेको दाबी गर्दै विद्यालयले अभिभावकको भरोसा टुट्न नदिने बताए । उनले कमजोर तथा मध्यम विद्यार्थीलाई विषयवस्तुमा अब्बल बनाउनु विद्यालयको पहिलो कर्तव्य भएको जनाउँदै विद्यार्थीलाई अनुशासनमा रहन सुझाव दिए ।
प्रधानाध्यापक नारायण आचार्य, सहप्रधानाध्यापक भुवन सुवेदी, प्लस टु संयोजक वसन्तकुमार श्रेष्ठ लगायतले गुरुकुल नाममात्र नभई सार्थक गुरुकुल भएको दाबी गरे । उनीहरुले नवआगन्तुक विद्यार्थीले सही विद्यालय रोजेको भन्दै विद्यार्थीको भविष्य उज्ज्वल रहन औँल्याए ।
त्यस अवसरमा कलाकार प्रकाश दुतराज, विद्यार्थी सुप्रिया मल्ल ढकुरी, विवश श्रेष्ठ, सृष्टि गुरुङ लगायतका समूहले विभिन्न प्रस्तुति राखे । त्यस्तै विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीलाई सम्मान गरियो । कार्यक्रममा नेवारी समुदायको लाखेनाच समेत प्रदर्शन भयो । कक्षा १२ का विद्यार्थी रीया श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहप्रधानाध्यापक सुवेदीले स्वागत तथा प्लस टु संयोजक श्रेष्ठ, विद्यार्थी प्रसन्न आचार्य र सुवर्ण राईले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरे ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो