पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पत्रकार कुट्नुपर्ने अराजक अभिव्यक्ति दिएका छन् ।
‘सेन्डो भेस्ट’ लगाएर मन्त्रालय कुर्सीमा विराजमान भएको फोटो भाइरल भएपछि उनले फोटो खिच्ने पत्रकारमाथि ‘कुट्नुपर्ने’ अभिव्यक्ति दिएका हुन् । तस्वीर अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीले खिचेका थिए ।
आइतबार यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पत्रकारमाथि कुटपिट भएको सम्बन्धमा मन्त्री मनाङेसँग प्रतिक्रिया लिन जाँदा ‘मेरो साथी’ अनलाइन टिभीका सुरेश सुनारसँग अन्तर्वार्ताका क्रममा उनले आफ्नो गन्जी लगाएको फोटो खिच्ने पत्रकारमाथि कुटपिट हुनुपर्ने बताए ।
‘अस्ति गन्जी लगाएको फोटो हाल्ने के नाम हो ? अमृत सुवेदी । त्यस्तोलाई कुट्दैन, सोझो पत्रकारलाई कुटेछन्,’ उनले भनेका छन् ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे काम विशेष भन्दै भारत गएका छन् । उनले दोस्रो वरियताका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
कार्यवाहक मुख्यमन्त्री थापाले मन्त्री गुरुङको अभिव्यक्तिबारे जानकारी पाएको र उनीसँग कुरा गर्ने बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो