स्याङ्जाको गल्याङ नगरपालिकामा प्रथम गल्याङ प्रीमियर लिग(जिपिएल) क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । सोमबार गल्याङ बजारमा पत्रकार सम्मेलन गरी गल्याङ क्रिकेट संघले आगामी भदौ १ गतेबाट प्रीमियर लिग संचालन हुने जानकारी गराएको हो ।
उक्त क्रिकेट प्रतियोगिता टी – २० फर्म्याटमा खेलाइने संघका उपाध्यक्ष एवं खेल संयोजक खगेन्द्र भण्डारीले जानकारी दिए । उनले क्रिकेट खेलप्रतिको रुचिलाई ध्यानमा राखी गल्याङ नगरपालिकाभित्र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित लिग आयोजना गरिएको बताए ।
प्रतियोगिताका लागि गल्याङ नगरपालिका अन्तर्गतका आठ समूहले सहभागिता जनाउने बताउँदै खेल संयोजक भण्डारीले उक्त प्रतियोगिताले जिल्लाको क्रिकेट इतिहास रच्ने दाबी समेत गरे ।
गल्याङ नगरपालिकाभित्रका क्रिकेट खेलमा रुचि राख्ने खेलाडीका लागि अक्सन खुला गरिएको बताउँदै संघका सचिव अमृत खनालले खेल मैदान तीन ठाउँमा छनोट गरिएको जानकारी दिए । उनले बर्खाको समयमा खेल प्रभावित नहोस् भन्दै प्रतियोगिताका लागि मालुङ्गा खेल मैदान, दिमिक क्रिकेट मैदान र असेर्दीमा खेल मैदान छनोट गरी खेल खेलाइने बताए ।
उक्त गल्याङ जिपिएलका विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष ठगेन्द्र थापाले बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’