पोखरा । पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले माफी माग्नुको साटो झनै गैर जिम्मेवार अभिव्यक्ति दिएका छन् ।
स्वकीय सचिवालयबाट विज्ञप्ति जारी गरी नियतवश नभएको बताएपनि मनाङेले माफी भने मागेका छैनन् । मंगलबार मन्त्री मनाङेको सचिवालयले विज्ञप्ति निकालेर पत्रकारहरुलाई धम्की दिएको भनी विभिन्न सञ्चार माध्ययममा प्रकाशित भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्री मनाङेले आफूले बोलेको विषय गलत भएको स्वीकारसमेत गरेका छैनन् ।

पोखराबाट प्रसारित हुने पब्लिक फोरके टिभीमा अन्तरवार्ता दिने क्रममा पत्रकारले अरुसँग रकम लिएर आफू विरुद्धको समाचार र फोटो प्रकाशन गरेको आरोप लगाएका हुन् ।
मन्त्री मनाङेले अन्तर्वार्तामा सुवेदी कुटाइ खानुपर्ने पत्रकार भनी दोहोर्याएका छन् । आफूले कस्तो कपडा लगाइयो भन्नु भन्दा पनि काममा जोड दिने भन्दै कसले कस्तो कपडा लगायो भन्ने सन्दर्भलाई समाचार बनाएर फैलाउनु नपर्ने उनको भनाइ थियो ।
गन्जी लगाएर मन्त्रालयमा बसेकै आधारमा मन्त्री पद नजाने उनको भनाइ थियो ।
प्रदेश सरकारले नै २०७४ सालमा मन्त्रीहरुका लागि जारी गरेको आचारसंहितामा कार्यालय वा कार्यक्रमहरुमा भद्र पाेसाक लगाउनुपर्ने उल्लेख नै गरिएको छ ।
भित्री बस्त्रमात्र लगाएर मन्त्रीको कुर्सीमा बसेको उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सञ्चारमाध्यममा समाचारहरु समेत आएका थए ।
पोखरामा आइतबार यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा २ पत्रकार कुटिएको सन्दर्भमा उनले अमृत सुवेदी कुटिनुपर्नेमा सोझा पत्रकार कुटिएको प्रतिक्रिया दिएका थिए । त्यसपछि पोखराका पत्रकार उनको अभिव्यक्तिलाई लिएर आन्दोलित छन् । पत्रकारको टोलीले कावा मुख्यमन्त्री बिन्दुकुमार थापालाई भेटेर मन्त्री मनाङेमाथि कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाइसकेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?