प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामा सुन्तलाको ब्रान्डिङ थालिएको छ । सुन्तलाको जिल्ला मानिने स्याङ्जाको पुतलीबजार नगरपालिका -११ मा सुन्तलाको वाईन ब्रान्डिङको थालनी गरिएको हो ।
`सुन्तला सुपरजोन´का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको सुन्तलाको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने उद्देश्यले सुन्तलाको वाईन बनाउन थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख माधव प्रसाद लम्सालले जानकारी दिए ।
उनले उद्यमलाई उद्योगसङ्ग जोड्ने र स्वदेशी उत्पादनलाई बजारसम्म पुर्याउँदा दिगो फाइदा हुने जनाउँदै यसरी स्थानीय उपजको प्रचारप्रसार र प्रवर्द्धनलाई विभिन्न निकायहरूको साथ अनिवार्य रहेको बताए । वाईनको ब्रान्डिङमा सुन्तला सुपरजोन स्याङ्जाको सहयोग रहेको बताउँदै पिएमएएमपी, कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख लम्साल `हाम्रो पौरख, स्याङ्जाको गौरव, हाम्रो साथ अनवरत´ भन्छन् ।
स्याङ्जामा स्थानीय उपज सुन्तलाको वाईन सुन्तला प्रशोधन घर प्रा.लि. द्वारा परिक्षण पछी बजारमा ल्याइने उनको भनाइ थियो । स्थानीय उत्पादनलाई नै उद्योगमा जोड्ने लक्ष्य रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख माधव प्रसाद लम्सालले बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा