बडिगाड पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै ११ वर्षका बालक बेपत्ता

विपद्

बडिगाड पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै ११ वर्षका बालक बेपत्ता

badigad pahiro

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहिबार दुई जना, बुधबार १ र मंगलबार ८ गरी ११ जनाको शव पहिरोबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

अबिरल बर्षातका कारण बागलुङको बडिगाडमा वडा नं. ९ को बलघास र वडा नं. १० को आरुपाटामा पहिरो खसेको थियो । घटनामा अझै ११ वर्षका एक बालक बेपत्ता छन् । बिहिबार दिउँसो ७ वर्षिय मधु बुढा र १० वर्षियका मनोज बुढाको शव घटनास्थलबाट उत्खनन् गरेर निकालिएको थियो ।

तीन दिनदेखि घटनास्थलमा खोजीकार्य भैरहेको छ । बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घरसहित ३ वटा र वडा नं. ९ को बलघासमा २ गरी ५ घर भत्केका छन् । उक्त घटनामा घरधनी बुढासहित उनका परिवार र आश्रय लिन आएका छिमेकीको पनि मृत्यु भएको हो ।

मंगलबार पुगेको टोलीले खोजी गर्न नसकेपछि बुधबार नेपाली सेनाको श्रीमेहर गण, सशष्त्र प्रहरी बल र प्रहरीको थप टोली अझै घटनास्थलमा परिचालन भैरहेको छ । पहिरोमा गम्भिर घाइतेमध्ये ३ जनालाई उपचारका लािग काठमाण्डौं पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ